
बुटवल । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार कक्षा १२ व्यवस्थापन संकायकाे आयोजना तथा सहकार्यमा भएको कार्यक्रममा २५० बढि विद्यार्थीको सहभागीता रहेको थियो।
कालिका मानवज्ञान मावि बुटवलका प्राचार्य दिनेश थापा, व्यवस्थापन संकाय इन्चार्ज सेरचन्द्र गिरी, प्राइम कमर्सियल बैंक लिमिटेड चौराहका शाखा प्रमुख सन्दिप पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रममा प्राइम बैंकबाट उपस्थित टिमले बैंकिङ साक्षरता सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।
विद्यालयले हरेक शुक्रबार विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप गर्दै आएको र यस्ता क्रियाकलापहरुले विद्यार्थीहरुमा किताबी ज्ञानमात्र नभइ अन्य ज्ञानहरु पनि सिक्ने अवसर प्राप्त गरेका विद्यालयले जनाएको छ।
दिप्सन अधिकारीकाे सहजीकरण सम्पन्न भएको कार्यक्रमकाे सुनिल घिमिरेले स्वागत गर्नुभएको थियो।