रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

बुटवल ।  रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

क्लबले बिहिवार देवदह ६ मा रहेको श्री साई बाबा विद्यापिठ आधारभूत विद्यालयमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको हो।

देवदह नगरपालिका वार्ड नम्बर ६ का वडाध्यक्ष खेमबहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र पाैडेल, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका पूर्व अध्यक्ष रोट्रयाक्ट, पदाधिकारी र सदस्यहरुकाे उपस्थितिमा भएको कार्यक्रम वर्ष २०२३/२४का अध्यक्ष रोट्रयाक्ट बिक्रम भुसालको अध्यक्षता र सह-सचिव तथा कार्यक्रम संयाेजक रोट्रयाक्ट प्रिती यादवको संचालन र प्रविन गाैडेलकाे स्वागतमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार