भदौ २२ गते ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम गर्ने

बुटवल ।  ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम गर्ने भएको छ।

आगामी भदौ २२ गते शुक्रबार समाजले बुटवल-१३ बेलवासमा रहेको अर्घाखाँची क्याट्रिङ्ग एण्ड पाटी प्यालेस प्रा.लीमा तीज मिलन कार्यक्रम गर्ने भएको हो।

शनिवार बसेकाे समाजको बैठकले उपाध्यक्ष ज्ञानप्रसाद खनाल संयाेजक रहेको ७ सदस्यीय तीज मिलन कार्यक्रम उपसमिति बनाएको छ।

समाजले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गा.वि.स)बाट विभिन्न शिलशिलामा रुपन्देही जिल्लामा बसाेबास गर्ने र ढाकावाङ्गमा माइत र मावल भएर रुपन्देहीमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ र दिदिबहिनीहरुलाई उपस्थितिकाे लागि अनुरोध समेत गरेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार