स्वर्गीय कुलानन्द बञ्जाडेको १४औं स्मृति दिवस, माल्यर्पण गरि मनाइयो

टेकराज भुसाल
जेठ १६ अर्घाखाँची । नेपालको बाम-लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी बिश्व मा•बि ढाकावाङ्गका पुर्ब प्रअ स्व• कुलानन्द बञ्जाडेको १४औं स्मृति दिवस माल्यर्पण गरि मनाइएको छ।

माल्यर्पण कार्यक्रममा स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा भुमिकास्थान नगरपालिका २ नम्बर वार्डका वडा अध्यक्ष बुद्धि बहादुर थापा, १ नम्बर वार्डका वडा अध्यक्ष भाेजराज खनाल, प्रतिष्ठानका निवर्तमान अध्यक्ष खड्क बहादुर थापा लगायतले माल्यर्पण गरेका थिए।

स्व• बन्जाडेको स्मृति दिवसको अवसरमा भुमिकास्थान नगरपालिका १ र २ नम्बर वार्डका बिद्यालयका बिद्यार्थीहरु मध्य शैक्षिकसत्रकाे वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याई बिद्यालय प्रथम हुने एकएक जना छात्र छात्रालाई पुरस्कृत गर्दै आएकाे पुरस्कार वितरण कार्यक्रम यश बर्ष भने काेराेना भाइरसका कारणले उक्त कार्यक्रम गर्न असमर्थ भएकाे उक्त कार्यक्रम स्थगित गरिएको र उक्त कार्यक्रमलाइ आगामी बर्षहरुमा निरन्तरता दिने स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानका अध्यक्ष खड्क बहादुर थापाले जानकारी दिनुभयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार