एमाले लुम्बिनी अधिवेशन : ३९ प्रतिनिधिले हालेनन् भोट

बुटवल । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनमा भएको निर्वाचनमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् । एक हजार चार प्रतिनिधिमध्ये ९६५ जनाले मात्रै मतदान गरेका छन् ।

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले ९६५ जनाले मतदान गरेको जानकारी दिए । जुन् कुल प्रतिनिधिको ९६ प्रतिशत हो ।

शनिबार उद्घाटन भएको अधिवेशनमा अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिस्पर्धा भएको छ ।

सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । सचिवबाहेक अरु पदाधिकारी र ४ जिल्लाको भागमा परेको सदस्यमा चुनाव भएको हो ।

मतगणना अब केही बेरमा सुरु गरिने भण्डारीले बताए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार