जन्मदिनकाे अवसरमा हुने फजुल खर्चलाई राेकी बिद्यार्थीहरुकाे उज्जवल शैक्षिक भविष्य तथा गुणस्तरीय शिक्षाकाे लागि अपरिहार्य शैक्षिक सामग्री सहितकाे झाेला वितरण गरि पहिलाे पाईला नेपाल पाेखरा शाखाका पुर्व अध्यक्ष तथा निवर्तमान केन्द्रीय कार्यसमिति सदस्य सन्दिप सापकोटाले आफ्नाे जन्मदिन मनाएका छन् ।
पहिलाे पाईला नेपाल पाेखरा शाखामार्फत अर्चले ७ तनहुँमा रहेकाे श्री अर्चलथुम प्राथमिक बिद्यालयमा अध्ययनरत २४ जना बिद्यार्थीहरूकाे उज्जवल शैक्षिक भविष्य तथा गुणस्तरीय शिक्षाकाे निम्ति पहिलाे पाईला नेपालले देशब्यापी रुपमा सञ्चालन गरिरहेकाे शिक्षा अभियान अन्तर्गत भाग्य बाेक्ने झाेला वितरणा गरिएकाे हाे ।
जन्मदिन मनाउने क्रममा फगत खर्चलाई राेकी समाजमा बिद्यमान परिस्थितिलाई आँकल गर्दै सकरात्मक सन्देस प्रवाह हुने कार्य गर्दा त्यस प्रकारका कार्यले युवाहरुमा उत्प्रेरणा प्रदान हुने साथै आबश्यक ब्यक्ति, समुदाय समेत प्रत्यक्ष लाभान्वित हुने भएकाेले जन्मदिनकाे अवसरमा पहिलाे पाईला नेपाल पाेखरा शाखामार्फत भाग्य बाेक्ने झाेला वितरण गरिएकाे सन्दिप सापकाेटाले बताए । साथै उनले पहिलाे पाईला नेपाल पाेखरा शाखाकाे पुर्व अध्यक्ष भएकाे, पहिलाे पाईला नेपाल मार्फत विभिन्न जिल्लाका विभिन्न स्थानमा भाग्य बाेक्ने झाेला वितरण गरिसकेकाेले पहिलाे पाईला मार्फत आफ्नाे जन्मदिनकाे अवसरमा याे कार्यक्रम गर्न पाउँदा खुसी लागेकाे तथा सन्तुष्टि प्राप्त भएकाे बताएका थिए । पहिलाे पाईला नेपालकाे यश अभियान अन्तर्गत रही लक्षित बिद्यार्थीहरुकाे शैक्षिक अभिबृद्दी तथा गुणस्तरीय शिक्षाकाे लागि हातेमालाे गर्न पाएकाेमा खुसी प्रकट गरेका थिए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र बिद्यालयका प्रधानाध्यापकले पहिलाे पाईला नेपाल पाेखरा शाखामार्फत आफ्नाे जन्मदिनको अवसरमा शैक्षिक सामग्रीसहितकाे भाग्य बाेक्ने झाेला वितरणकाे लागी आफ्नाे बिद्यालयलाई छनाेट गरि यश बिद्यालयमा अध्ययनरत प्राथमिक तहका बिद्यार्थीहरुकाे शैक्षिक बिकासकाे निम्ति शैक्षिक सामग्रीसहितकाे भाग्य बाेक्ने झाेला वितरण गरेकाेमा धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे साथै लक्षित वर्गका अन्य बिद्यार्थीहरुलाई यसप्रकारकाे उत्प्रेरणाामुलक तथा हाैसला प्रदान गर्ने साथै बिद्यार्थीकाे गुणस्तरीय शैक्षिक भविष्यलाई सघाउ पुर्याउने अभियान सञ्चालन गरिरहन शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।
पहिलाे पाईला नेपालले स्थापनाकालदेखी नै युवाहरुकाे सक्रिय सहभागिताद्वारा शिक्षा, स्वास्थ, मानवसुरक्षा, सरसफाई, ब्यक्तित्व तथा नेतृत्व बिकासका निम्ति विभिन्न अभियान सञ्चालन गर्दै सामाजिक क्षेत्रम निरन्तर क्रियाशिल भईरहेकाे छ ।