
# गजल#
भगवान छैन भुत प्रेत छैन आत्मा छैन किन जात छ।
न जनावर न प्रकृतिको मान्छे मान्छकै किन घात छ।
निदाउदा को धनि को गरिव साना ठुला सबै बराबर,
सबै समान भएको साक्षि हेर तीनि अध्यारो रात छ।
दुनियाँमा मान्छे बाहेक सबैमा समानता छ वर्ग छैन,
मान्छेहरु मात्र असमानताले पुरेर किन बरबात छ।
नजाउ अामा त्यसको पाउ ढोग्न यहाँ मिल्दैन न्याय,
अाफैले पालेर हुर्काको टोकि रहने राज्यको दात छ।
कमजोर जति लुप्त भए बाच्न प्रतिरोध र सघंर्ष गर,
बाच्ने त्यो हो जस्को प्रतिरोधात्मक बलियो अात छ।
मुकुन्द राज रोका