सिटीको प्रथम बिस्तारित बैठक बुटवलमा

बुटवल ।   सिटी एक्सप्रेस वचत तथा ऋण सहकारी संथा लि. सेवा केन्द्र बुटवलको आव  २०८०÷०८१ को प्रथम विस्तारित मञ्चको बैठक बुटवलमा समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी मालारानी गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष योगेन्द्र नाथ भुसालले सहकारी सबैको पहुचमा पुगेर सेबा दिन अनुरोध गरे । संस्थालाई नमुना बनाएर अगाडी बढाउन समेत अनुरोध गरे । सहकारीहरु सेवामुखी हुनु पर्ने उनले बताए ।

टेक नारायण टण्डनले सहकारीले आफ्ना सेबाकेन्द्रहरु भएको ठाउमा पुगेर बिस्तारित बैठक गर्नुले सहकारीलाई अझ बलियो बनाउदै लैजान सहजहुने बताए ।  धुर्वतारा सयपत्री बचत तथा ऋण सहकारी संथाका अध्यक्ष मान बहादुर कुवरले सहकारीको मुल्य मान्यतालाक्षर्् अंगालेर सहकारी संस्था संचालन भएमा सहकारीहरु राम्रो संग अगाडी बढाउन सकिने बताए ।

सहकारीको बारेमा सिटि एक्सप्रेस  बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख नारायण बहादुर बस्नेतले प्रकाश पारेका थिए ।  कार्यक्रममा असल ऋणी अन्जदली मिया र उत्कृष्ट नियमित बचत कर्ता ज्ञान बहादुर भण्डारीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम सिटी एक्प्रेस बचत तथा ऋण सहकारी संथाका लेखा समिती संयोजक अशोक टण्डनको अध्यक्षता शेयर सदस्य महेश पन्थिको स्वागत  र संस्थाका कर्मचारी सुर्य बहादुर कुवँरको संचालनमा समपन्न भएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार