एकै दिन १७० जनामा कोरोना संक्रमण पुष्टि,कूल संख्या १२१२

जेठ १६ काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना कोरोनालाई जितेर घर फर्केकाका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार