
बुटवल । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका साधारण सदस्य तथा अभिभावक स्वर्गीय भुवन बहादुर सुनारको निधन भएको ९ औं दिनको दिन पारेर ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
शनिवार बुटवल १३ बेलवास सुमित्रा पथमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद खनाल, सचिव नारायणप्रसाद भुसाल (बाबू)ले स्वर्गीय सुनार सरल ब्यक्तित्व उच्च सामाजिक भावनाले समाजको लागि गरेको योगदान उदाहरणीय रहेको बताउदै सुनारको निधनले सिङ्गो संस्था र समाजलाई अतुलनीय क्षति पुगेको बताउनुभयो।
श्रद्धाञ्जली सभामा संस्थाका उपाध्यक्ष ज्ञानप्रसाद खनाल, सह-काेषाध्यक्ष शिवलाल खनाल भूमिकास्थान रुपन्देही सम्पर्कका सल्लाहकार दिनामणी अधिकारी लगायतको उपस्थिति रहेको थियो।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ (साविक ढाकावाङ्ग ७ सान्टाकुरा) स्थाई ठेगाना भएका स्वर्गीय सुनारको परिवार केही वर्ष पहिलेदेखि बुटवलमा बस्दै आउनुभएको थियो।
स्वर्गीय सुनारका २ श्रीमती (सुमित्रा, देवा) , ४ छाेरा (रमेश, बिष्णु, दिपक, शंकर) र ३ छाेरी (रिता, रुपा र कल्पना) हुनुहुन्छ।
सुनारको ६८ वर्षको उमेरमा असाेज ५ गते बुटवल स्थित गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।