नगरपालिका भित्र प्रवेश नगर्नका लागि भुमिकास्थान नगरपालिकाको अनुरोध

टेकराज भुसाल
जेठ १६ अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले विभिन्न शिलशिलामा नगर छाडेर भारत तथा नेपालका अन्य क्षेत्रमा गएका आफ्ना नगर बासिहरुलाई नगरपालिका प्रवेश नगर्नका लागि अनुरोध गरेको छ।

जेठ १६ गते बसेको प्रकोप व्यवस्थापन समितिको  बैठकले नगरपालिका भित्र क्वारेन्टाइनको क्षमता भन्दा बढि मान्छेहरु भित्रिएर क्वारेन्टाइनले थेग्न नसकेको भन्दै जेठ १७ गतेदेखि लागू हुने गरि १५ दिनसम्मका लागि नगर भित्र नभित्रिनका लागि नगरवासीलाई अनुराेध गरेको भुमिकास्थान नगरपालिका ४ नम्बर वडाका अध्यक्ष तथा नगर प्रवक्ता बावुराम पन्थीले जानकारी दिनुभयो ।

साथै नगरपालिकाले आफ्नाे नगर भित्रका क्वारेन्टाइनमा रहेका नगर बासीहरुकाे पि सि अार परिक्षण गर्नका लागि आवश्यक पर्ने कीट नगरले नै खरिद गरेर परिक्षण गर्ने समेत प्रवक्ता पन्थिले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार