देउराली यातायात अर्घाखाँचीले दियो ५२ हजार ५ सय ‘दसैं बोनस’

सन्धिखर्क, अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रालिले बडादसैंको अवसरमा सवारी धनिहरुलाई बोनस वितरण गरेको छ । बढ्दो पेट्रोलियम पदार्थको मुल्य, आर्थिक मंदी लगायतका कारण व्यवसायीहरु मारमा परेको भन्दै बडादसैंको अवसरमा बोनस वितरण गरिएको हो ।

१५८ जना यातायात धनिहरुलाई ५२ हजार ५ सयका दरले बोनस वितरण गरिएको प्रालीका अध्यक्ष गोविन्द बञ्जाडेले जानकारी दिए । साथै कर्मचारीहरुलाई देउराली बहुउद्देश्यीय सहकारी संस्थामा शेयर सदस्य आबद्धता बापत १० हजारका दरले बोनस शेयर समेत उपलब्ध गराइएको अध्यक्ष बन्जाडेले बताए । ‘हामी यातायातका क्षेत्रमा अहिले संकटको अवस्थाबाट गुज्रिएका छौं,उनले भने,‘विविध कारणले सवारीधनिहरु मारमा परेका छन्, त्यसैले राहत स्वरुप बोनस वितरण गरेका हौ‌ ।’

कुल १५८ व्यवसायीहरुलाई ८२ लाख ९५ हजार बोनस वितरण गरिएको तथा १५ लाख ८० हजार बराबरको देउराली बहुउद्देश्यीय सहकारी संस्थामा बोनस शेयर राखिएको संस्थाका महासचिव प्रेम पाण्डेले जानकारी दिए । दसैंमा आफ्ना व्यवसायीहरुलाई कुनै किसिमको दुख नहोस् भन्ने हेतुले बोनस वितरण गरिएको उनले बताए ।

देउराली यातायात अर्घाखाँची प्रालिले यस अँघीं कोरोना महामारीका बेला दुई पटक आफ्ना यातायात व्यवसायीहरुलाई राहत स्वरुप नगद रकम वितरण गरेको थियो । यस्तै कोरोना महामारीकै बेला अर्घाखाँचीका सबै स्थानिय तहहरुलाई संक्रमण रोकथामका लागी आर्थिक सहयोग गरेको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार