महासंघका कार्यालयमा तालाबन्दी नगरौं, संवादबाटै निकास खोजौं : अध्यक्ष पोखरेल

बुटवल ।  नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुलपोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकारमहासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमाआयोजना गरेको शूभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धिकरणकोबिषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन । शुद्धिकरणकोबिषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेकोतर्फ संकेत गर्दै संवादर वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गरे । ‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धिकरणगरिएको हो, विजयादशमीको शूभकामना दिदैं म बुटवलबाट भन्छु, तालाबन्दीनिषेधले पत्रकार महासंघको ओझ घट्ने हो’ अध्यक्ष पोखरेलले भने –‘संवाद गरौं,सहकार्य गरौं, विधान र शुद्धिकरण अनुसार नयाँ कोर्समा अगाडि बढौं ।’

उनले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयाररहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाकिताबमामात्रै सिमित नहुन आग्रह गरे । ‘एउटा संख्या बढि र तल हुँदमा चुनाव जित्ने र हार्नेअवस्थाको अन्त्य गर्नुपर्छ, शुद्धिकरणले गर्न खोजेको त्यही हो।’ र माथि हुँदैमा चुनावजित्ने र हार्ने अवस्था हुँदैन’ उनले भने । उनले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यकोविकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताए । उनले विगतमा निषेधगरिएपनि अब त्यसो हुन दिन नहुने उनको भनाई छ ।  कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेरलैजानका लागि शुद्धिकरण गरिएको बताए । उनले पछिल्लो समय सरकार सरकारजस्तो नहुने,संसद संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकारमहासंघले आफैबाट शुद्धिकरण थालेको बताए ।
‘शुद्धिकरण मार्फत सुधारको प्रयत्नगरिएको हो’ अध्यक्ष पोख्रेलले भने । अध्यक्ष पोखरेलले पत्रकारितामा बुटवल नैराजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउनआग्रह गरे । उनले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रुपमा परिचित गराउने गरीनयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए।  ‘अरुको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताकोराजधानी बुटवल नै हो’ उनले भने । उनले दशैं, तिहार, छठ र नेपाल सम्वत जस्तापर्वहरुले सञ्चारक्षेत्रको विज्ञापन बजारको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुखखेलराज पाण्डेयले चाडपर्वहरुमा तडकभडक र विकृतीहरु देखा परेको बताउँदै यसतर्फ सञ्चारक्षेत्रले बहस चलाउनुपर्ने बताए । उनले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेकोतर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताए ।
 कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीकाअध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरुले सबैलाई एकतामा जोड्नुपर्ने बताए । उनले महासंघलेरुपन्देहीका सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर शूभकामना आदान प्रदानगरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र रप्रदेशका नेतृत्व, रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार, राजनैतिक पार्टीका नेतृत्व,उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरुको उपस्थितीरहेको सचिव विनोद परियारले जानकारी दिए ।
भण्डारीलाई सम्मान 
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीलाई सम्मान गरिएको छ । पत्रकार महासंघ रुपन्देहीका पूर्वसहसचिव भण्डारी रुपन्देहीबाटै पत्रकारितामा लागेर हाल अमेरिका स्थित पत्रकारहरुको संस्थाकोअध्यक्ष भएकोमा सम्मान गरिएको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघरुपन्देहीका अध्यक्ष रामराज पोखरेलले खादाले सम्मान गरेका हुन ।
  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार