सरकार जमिन्दार र भू-माफियाको पक्षमा छः सांसद जिसी

१७ जेष्ठ बुटवल।
राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सांसद तारा जिसीले
प्रदेश संसदमा प्रस्तुत विनियोजन विधेयक,२०७७ का सिद्धान्त र प्राथमिकताको सैद्धान्तिक छलफलमा भाग लिदै सरकारको करार खेतीको नीतिले ठूला जमिन्दार र भू-माफियाको हितमा घुनपुत्लाे समेत नलगाउने भन्दै सरकार जमिन्दार र भू-माफियाको पक्षमा भएको बताएकी छन्।

विधेयकमा बजेट कार्यन्वयनमा सुधार गर्ने,विनियोजन र खर्च विचकाे खाडल न्यून पार्ने,मितब्यायिता,अनुगमन बढाउने,सार्वजनिक खर्चलाई थप पारदर्शी र जवाफदेही बनाउने पटकपटक उल्लेख गरेर सरकारले गुनासो र यथार्थ राख्न खाेजेकाे भन्दै अाफ्ना कार्यकर्तालाई अवसर दिने,ठेकेदार उनै,कर्मचारी पनि अाफ्नै मिलेर निडरतापूर्वक राज्यको श्राेत र साधन माथि रजाइँ भैरहेको कटाक्ष गरिन्।
“कुरा जस्ता कुरा गरे चित्त फाट्ने,नाँच जस्तो नाँच गरे घाग्राे फाट्ने” भन्दै उहाँले प्रदेशका मन्त्रीहरुले बजेट बाँडफाँड गर्दा भेदभाव गरेको आरोप समेत लगाईन्।
पर्यटन मन्त्री समक्ष आफू पटक पटक याेजना सम्बाेधनकाे लागि गएपनी मन्त्री ज्यूले कुनै वास्ता नगरेको भन्दै संसदमा जवाफ दिनुपर्ने माग गरिन्।
संघीयताकाे बिराेध पनि गर्ने यसैमाअाफु साँसद बन्ने भन्ने हिजाे एक साँसदले सदनमा उठाएकाे प्रश्न लाई शंकेत गर्दै उहाँले आफू र अाफ्नाे पार्टी प्रदेश संसदमा संघीयतालाई मलजल गर्न नभइ भन्डाफोर गर्न आएको बताउनुभयो । याे पनि एउटा संघर्ष काे रूप भएको बताउँदै कम्युनिस्टहरू जातीय वा क्षेत्रीयतावादी हाेईन बर्गसंघर्षका पक्षधर हुन्छन् भन्ने कुरा बुझ्नुपर्ने बताईन्।

याे सरकारले पुरूषलाई महिला र महिलालाई पुरूष बनाउने बाहेक चाहेमा जस्तोसुकै काम पनि गर्न सक्ने भन्दै “हनुमान उड्न सक्ने शक्ति काे सम्झना”गराएपछि किम्मदन्ती अनुसार उड्न थालेको किस्सा बताउँदै माथि देखि तलसम्म अाफ्नै सरकार भएकोले सदनमा गुनासो राख्नु भन्दा राम्राे काम गरेर देखाउन अनुरोध गरिन्।

प्रारम्भ मा विधेयक बारे सुझाव दिदै प्रदेशमा दक्ष मुख्यमन्त्री भएको माननीयहरूकाे भनाइमा अाफु पनि सहमत रहेकाे भन्दै महत्त्वपूर्ण विनियोजन विधेयक सामान्य छलफल र वाक्यांश समेत नहेरी अधुरो प्रस्तुत गरेकोमा अापत्ती प्रकट गर्दै त्रुटीहरू अाैंल्याउदै सच्चाई पूर्णता दिन सुझाव दिईन्।
काेभिड-१९ महामारी नियन्त्रणमा विगतमा प्रदेशको भूमिका नाममात्रको रहेको भन्दै संक्रमितकाे संख्या दिनप्रतिदिन बढ्दै गैरहेकाे अबस्थामा अब त्यतिले मात्र सन्तुष्ट नभै द्रुतगतिमा भूमिका बढाउनु पर्ने र धेरैजसो नीजी अस्पतालहरूकाे हिजोको भूमिका नकारात्मक रहेको भन्दै सहज वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताईन।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार