अर्घाखाँची । खेलकुदको बिकास साथै युवाहरुको सिप बिकासका लागी भुमिकास्थान नगरपालिका प्रतिबद्ध भएको भुमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाले बताउनु भयो । जनजागरण युवा क्लव भुमिकास्थान नगरपालिका वाड न १० धन्चौरले आयोजना गरेको भलिबलको कार्यक्रमको उद्घाटन गर्दे यस्तो बताउनु भएको थियो ।
गाउँमा लुकेर रहेको खेल प्रतिभाहरुलाई अवसर दिई खेल बिकासमा उतm प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने भन्दै नगर प्रमुख थापाले धन्चौर पर्यटकिय हिसाबले सम्भावना बोकेको क्षेत्र भएको भन्दै सेङ्गलेङ्कको होमिस्ट,पाथिभर मन्दिर झरना लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखि नगरपालिका अगाडी बढेको बताउनु भयो ।
युवाहरुले सामाजिक बिकास,संगै समाजमा हुने सवै खाले बिकृती बिसगंतीका बिरुद्धमा लड्दै सभ्य र समतामुलक समाज निमार्णका लागी एक भयर लाग्नुपर्ने नगर प्रमुख थापाले बताउनु भयो । प्रमुख थापाले भन्नु ‘भयो युवाहरुलाई लक्षित गरि कर्मशिल जनशतmी परिचालन कार्यक्रम,स्थानिय उद्धम तथा बिभिन्न कार्यक्रम संचालन गर्दे छौ,भौतिक पुर्वाधारको क्षेत्रमा पनि योजना बद्ध बिकास आगडी बढाएका छौ,सवै एक भयर अगाडी बढौ नगर सवैलाई समान हिसाब सहयोग गर्न तयार छ’।
भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला सहसचिब हृदय भुसालले युवाहरुलाई केन्द«भागमा राखेर सरोकारवाला निकायले काम गर्नुपर्ने भन्दै युवाहरुको आवाजलाई राजनैतिक दल सरोकारवाला निकायले ब्यवास्था गरेकोले खबरदारी गरि आफु सघैँहरुको साथमा रहको बताउनु भयो ।
भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा पत्रकार महासंघका जिल्ला सदस्य गोपाल प्रसाद भट्टराई,सरस्वती आधारभुत बिधालयका प्रधानध्यापक भोजन गुरुङ्ग,धन्चौर प्रहरी चौकी प्रमुख लालमणि भट्टराई,समाजसेवी,सुधिर नेपाली,अजुन बुढामगर,झबिलाल भट्टराई चिन्तबहादुर घम,पुनाराम चुदाली लगायतको आथित्यता रहेको थियो ।
अन्तर वाड स्तरिय खुल्ला भलिवल प्रतियोगितामा बिभिन्न वाडका १२ टिमले सहभागिता जनाएको आयोजक टिमका अरुण घमले जानकारि दिए ।
कार्यक्रम क्लवका अध्यक्ष लोकेश बुढामगरको अध्यक्षता, बिष्णु चुदालीको स्वागत मनतब्य र नविन घर्तिमगरको संचालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।