
काठमाडौ । संसदबाट पारित भएको पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद् ऐन २०७९ अनुसार पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद् गठन भएको छ।
गत कार्तिक १६ गतेको मन्त्री परिषद्काे निर्णय अनुसार मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालकाे विशेष उपस्थितिमा घाेषणा गरिएको परिषदमा देवेन्द्र प्रसाद यादवकाे अध्यक्षतामा १९ सदस्यीय पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद् गठन गरिएको छ।
गितादेवी रिजाल (धमला), सियाराम प्रसाद सिंह, उषा कार्की, रामप्रसाद मेहता, गैरिदेवी थापा, कमल, विश्वकर्मा, ठाकुरनाथ पराजुली, स्वयमप्रकाश श्रेष्ठ र रजिस्ट्रारमा पूर्णबहादुर बुढा रहनुभएकाे छ।
घाेषणा समारोहमा कृषि तर्फका सचिव डा.गाेविन्द शर्मा र पशु पन्छी तर्फका सचिव डा. रेवतीरमण पाैडेलकाे समेत उपस्थिति रहेको परिषदका सदस्य लाेकराज भुसालले जानकारी दिनुभएको हो ।