बुटवलमा अर्घाखाँची ढाकावाङ्गको देउसीभैलो सुरु

बुटवल । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले देउसी/भैलाे सुरु गरेको छ।

समग्र ढाकावाङ्गकाे एकता हाम्रो चाहना! दिपावली २०८० काे शुभकामना भन्ने नारालाई लिइ शुभ-दिपावली-२०८० काे अवसरमा अर्घाखाँची जिल्लाको माैलिकता झल्किने किसिमको देउसी/भैलाे बुटवलमा खेल्न सुरु गरेको हो।

अर्घाखाँची जिल्लाको माैलिकता झल्किने भैली नाच, साेराेठी नाच र बाँसुरी नाचलाई विशेष प्राथमिकतामा राखेर भैलाे कार्यक्रम संचालन गरिएको उक्त संस्थाले जनाएको छ।

साेमबार बुटवल उपमहानगरपालिका १३ काे नयाँगाउका विभिन्न स्थानमा नाचिएकाे भैलाे एकादशीकाे दिनसम्म रुपन्देही जिल्लाका विभिन्न स्थानमा नाचिने ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले बताएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार