
गोपालप्रसाद भट्टराई,
मङ्सिर-०४,सुपादेउराली अनलाइन अर्घाखाँची। अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली दर्शन गर्न आउने भक्तजनलाई भूमिकास्थान १० काे सेङलेङ्ग घुम्न आउन सरोकारवालाले निम्तो दिएका छन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण भुमिकास्थान–१०, सेङलेङ्गमा माता पाथिभराको मन्दिर संचालनमा आएसंगै सेङलेङ्ग साँच्चिकै घुम्न लायक भएको दावी गर्दै उनिहरुले सेङलेङ्गमा भ्रमणको निम्ती दिएका हुन् ।
धनचौरको सेङलेङ्गमा माता पाथिभराधाम स्थापनाको एक बर्ष पुरा भएको अवसरमा आयोजित प्रथम साधारणसभामा बोल्ने वक्ताहरुले पर्यटन प्रर्वद्धनको निम्ती सेङलेङ्गमा भइरहेको प्रयासले उक्त ठाउँको महत्व बढेर गएको दाबी गरेका छन् ।
सेङलेङ्ग दह,मनमोहक हिमश्रृङखला देखिने सेङलेङ्ग चौर,दरबार र अग्ला पहाड जस्ता प्राकृतिक सम्पदायुक्त सेङलेङ्गमा अहिले मातापाथिभराको मन्दिर संचालनमा छ भने होमस्टे समेत संचालनमा आएको छ । स्वच्छ र रमणिय वाताबरणयुक्त सेङलेङ्ग साँच्चिकै घुम्न लायक भएको स्थानियले पनि दाबी गरेका छन् ।
साधारसभामा अध्यक्ष बिष्णु बहादुर रायमाझीले प्रगतिप्रतिवेदन र कोषाध्यक्ष दिपक रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने मान बहादुर रायमाझीले बिषयमाथि प्रकाश पार्नुभएको थियो । पिताम्बर रायमाझीले उद्घाटन गर्नुभएको कार्यक्रम बिष्णु प्रसाद बन्जाडेको संचालनमा सम्पन्न भएको हो ।