छोरी अस्मिताको स्मृतिमा प्युठानका गिरीले गरे अक्षयकोष स्थापना

बुटवल । प्युठानका धुर्व गिरीले छाेरी अस्मिता गिरीकाे स्मृतिमा अक्षयकोष स्थापना गरेका छन्।
गिरीले २८ औ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा जनता मावि बाग्दुलाको उच्चतम कक्षामा अध्ययनरत बाबुआमा बिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन्।

प्युठान नगरपालिका वडा न ८ निवासी साहित्यीक तथा शैक्षिक व्यक्तित्य गिरीले छोरी स्व. अस्मिता गिरीको स्मृतिमा रु.५० हजारको अस्मिता स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो। बिधालयका प्राचार्य इन्द्रमणी पोख्रेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखा बसेललाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

स्वर्गीय गिरीको १८ वर्षको उमेर गत कार्तिक ६ गते असमायीक निधन भएकाे थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार