
बुटवल । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम प्रिमियममा ठूलो बीमा गर्न सकिने बीमा पोलिसीको शुभारम्भ गरेको छ ।
शनिवार बुटवलमा एक समारोहबीच कम्पनीले ल्याएको ‘सूर्यज्योति सही प्लान’ नामक नयाँ बीमा योजनाको SDCO पवनकुमार खड्का र प्रदेश भित्र रहेका विभिन्न शाखाका सक्रिय एजेन्सी म्यानेजरहरुले संयुक्तरूपमा शुभारम्भ गरेका हुन्।
शुभारम्भ गर्दै खड्काले नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ नागरिकहरूको आवश्यकता र परिस्थितिलाई मध्यनजर गर्दै हालसम्मकै भिन्न, आकर्षक र उत्कृष्ट सुविधा भएको ‘सही प्लान’ पहिलोपटक सूर्यज्योतिले पस्कन सफल भएको बताए ।
आम जनजीवनमा आइपर्न सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना एकदमै उत्तम हुनुका साथै पहिलो र नवीनतम विशेषतासहित आएकाले हरेकको रोजाइ बन्न सक्नेमा आफू विश्वस्त रहेको खड्काले बताए ।
त्यस्तै कम्पनीका प्रदेश प्रमुख सुशील चापागाईं र चिफ एजेन्सी म्यानेजर कमल घिमिरेले केही विपत्ति आइलागे उक्त सानो रकमले आर्थिक भार ब्यहोर्न पर्याप्त नहुने र परिवार नै आर्थिक संकटको चपेटामा पर्ने अवस्थाको अन्त्य गर्ने अठोटका साथ सूर्यज्योतिले ‘सही प्लान’ नामक बीमा योजना ल्याएको बताए ।
कम्पनीका मुर्गिया शाखा प्रमुख कृष्णप्रसाद खनालकाे सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लुम्बिनी प्रदेशमा नयाँ जिम्मेवारी सहित प्रदेश प्रमुखका रुपमा आएका सुशील चापागाईं स्वागत समेत गरिएको थियो।