सुन्तला खेतीले नामै परिवर्तन भएको पाल्पाको अमलावासका

बुटवल । पश्चिम पाल्पाको रैनादेवी छहरा गाँउपालीका वडा नं. ४ अमलावासकाको नामनै परिवर्तन भई सुन्तलावस भएको छ । अमलावासको पूरै गाउँ सुन्तला खेतीले ढाकेको छ। अमलावासका कृषकले अन्य खेतीबाली छोडेर सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

गाउँमा २०४० सालमा पहिलोपटक सुन्तला लगाएर चर्चामा आएका गाउँका अगुवा यमलाल कोइराला नै सुन्तला खेतीको प्रेरणा हुन् । मकै, कोदो र गहुँ आदि फल्ने बारीमा सुन्तला रोप्दा आलोचना खेपेका कोइरालालाई पहिलो वर्ष गाउँमा पागलको उपमा दिइयो। तर लगाएको तीन वर्षमै कोइरालाले सुन्तलाबाट २० हजार आम्दानी गर्न सफल भएपछि गाउँका अन्य व्यक्तिले सिको गरी सुन्तला खेती गर्न थालेका थिए। अहिले प्रत्येक परिवारले एक सयदेखि पाँच सयसम्म सुन्तलाका बोट लगाएका छन् । प्रशस्त आम्दानी भएपछि अमलावासी नै अन्य खेती छोडेर सुन्तलातिर आर्कषित भएका हुन् । अमलावासमा ५० घरपरिवारको मुख्य आम्दानी नै सुन्तला खेती भएको छ । अमलावास क्षेत्रमा एक कृषकल दुई लाख देखि १५ लाख रुपैयाँको सुन्तला बिक्री गर्दै आएका सुन्तला व्यवसायी चेतनारायण न्यौपानेले बताए उनी भन्छन २५ वर्ष अगाडी भारतमा गर्दै आएको काम छोडेर गाँउमै सुन्तलाको विरुवा रोपेको र विगत १५ वर्षदेखि निरन्तर सुन्तला खेतीवाट आम्दानी गर्दै आएको छु, यसैबाट ४ जना छोराछोरी पढाएँ, घरखर्च चलाएँ, र सुन्ताला खेतीकै आम्दानी वाट सबैको बिवाहदान गरेर उम्केको उनि बताउछ । उनले यो वर्ष पनि करिव दश लाखको सुन्तला बेच्ने दावी गर्छन ।

रोग निम्त्याउने किराको व्यवस्थापन समयमै भएकाले सुन्तलाको उत्पादन राम्रो भएको कृषक न्यौपानेले बताउछन । उत्तरतर्फ फर्केको जमिन, ओसिलो जमिन, हिमालका प्रशस्त भूभाग देखिने स्थान भएकाले सुन्तला खेतीलाई आवश्यक पर्ने हावापानी सुहाउँदो हुँदा उत्पादन पनि राम्रो हुने सुन्तला व्यवसायी तथा अमलावास सुन्तला तथा फलफुल समुहका अध्यक्ष कृर्षक शरोज पोखरेलले बताए गाउँमा अचेल बुढाबुढीको पेन्सन भनेकै सुन्तला भएको स्थानीयको भनाइ छ । व्यपारीले किसानको बारीमा पुगेर प्रतिकेजी ६० रुपैयाँदेखि ९० रुपपैया सम्म सुन्तला खरिद गरेका छन्।सुन्तला गाउले परिचित यो गाउँमा पछिल्लो समय अन्य ठाउँका सुन्तला कृषक समेत सुन्तला बगैचाको अवलोकनमा आउने गरेका छन । पश्चिम पाल्पाको सुन्तला राम्रो ठुलादाना र सफा भएकै कारण बिर्की गर्न कुनै कठीनाइ नहुने सुन्तला व्यापारीहरु बताउछन् ।
पश्चिम पाल्पा संगै अर्घाखाची जिल्ला बाट समेत दैनिक दजनउ गाडीमा सुन्तला बजार तर्फ गैरहेको पाइन्छ । उत्पादीत सुन्तला सदरमुकाम तानसेन संगै बुटवल र भैरहवा नेपालगञ्ज सम्ममा बिर्की हुने छ । ।
पाल्पाबाट मात्र वार्षिक १८ करोडको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । अहिले पाल्पामा स्थानीयले जमिनको अवस्था अनुसार ५० देखि सात सयसम्म बिरुवा लगाएर सुन्तला खेती गर्दै आएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुवनपोखरी, मुझुग, छहरामा राम्रो सुन्तला उत्पादन हुन्छ । यस क्षेत्रका किसानले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्छन् । जिल्लाकै रिब्दीकोट गाउँपालिकाको पालुमैनादी, कुसुमखोला, भैरवस्थान, खस्यौली, बगनासकाली गाउँपालिकामा व्यावसायिक रुपमा सुन्तला खेतीप्रति युवापुस्ता आकर्षित बनेका छन् । यसले विदेश जाने युवालाई गाउँमै कृषि पेशामा लागेर स्वरोजगार बन्ने अवसर दिनुको साथै राम्रो आर्थिक उपार्जन गरी जीवनस्तरमा सुधार ल्याउन सहयोग पुगेको छ । पाल्पाबाट वार्षिक ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा जाने गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार