
अर्घाखाँची । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अर्घाखाँचीको भुमिकास्थान–१० धनचौरमा पनि मनाइएको छ । यो बर्षको नाराः दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता तय गरिएको थियो ।
त्यस्तै सत्यदेवी आधारभूत विद्यालयका प्राचार्य बिष्णु बन्जाडेले अपाङ्गहरु विशेष क्षमताका हुने र अरु सामान्य व्यक्तिभन्दा फरक र कमजोर नहुने बताउदै अपाङ्गहरुलाई समाजले हेर्ने नजर बदल्नुपर्ने बताउनुभयो।
कार्यक्रममा अपाङ्ग महासंघ जिल्ला सहसचिव प्रेमलाल भट्टराई, श्रृजनशिल अपाङ्ग विकास केन्द्रका जिल्ला सदस्य बिष्णु प्रसाद भट्टराई,जनजागृती मा.वि.धनचौरका प्र.अ. पिताम्बर खनाल र धनचौर स्वास्थ्यचौकी इन्चार्ज शिव प्रकाश जि.सी.लगायतले मन्तव्य राख्नुभएको थियो ।