भूमिकास्थानले प्याजमा अर्घाखाँचीलाई आत्मनिर्भर बनाउछ:- कृषि अधिकृत थापा

टेकराज भुसाल,
बुटवल ।  भूमिकास्थान नगरपालिका अर्घाखाँचीका कृषि अधिकृत रामबहादुर थापाले अर्घाखाँची जिल्लालाई प्याजमा आत्मनिर्भर बनाउने दावी गर्नुभएको छ।

साेमबार सुपादेउराली अनलाइनसँग कुरा गर्दै अधिकृत थापाले प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत बेरोजगार कर्मशिल जनशक्तिलाई राेजगारी दिने, प्याजकाे आयातलाई राेकेर निर्यात गरी अर्घाखाँची जिल्लालाई प्याजमा आत्मनिर्भर बनाउने उद्धेश्यले भूमिकास्थान नगरपालिकाले ७० केजी भन्दा बढि प्याजकाे बीउ वार्ड नम्बर २ ढाकावाङ्गकाे खाकाबेशी, वार्ड नम्बर ६ काे दुर्वाङ्ग, वार्ड नम्बर ८ काे नगरपालिका कार्यालय आसपास र वार्ड नम्बर ९ काे सानो डेभामा राखी प्याजका बिरुवाहरु उत्पादन गरेको र ती बिरुवाहरु तयार भएपछि नगरपालिकाले कृषि उत्पादन कार्यक्रम अन्तर्गत लिजमा लिएका जग्गामा रोपिने बताउनुभयो।

पालिकाले लिजमा लिएको २०० राेपनी क्षेत्रफलमा लगाइने उक्त प्याजका बिरुवाबाट १ राेपनी बराबर ७ देखि ११ क्विन्टलसम्म उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो।

पालिकाले यसभन्दा पहिला गहतकाे खेती गरेकाे बताउदै प्याज खेतीसँगै आगामी दिनमा माैसम अनुसारका अन्य खेती गर्ने समेत कृषि अधिकृत थापाले बताउनुभयो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार