लाेकतन्त्रकाे विकल्प अन्य व्यवस्था हुनै सक्दैन:- अध्यक्ष केसी

बुटवल ।  राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाएका छन् । मंगलबार बुटवलमा रिपाेटर्स क्लबले गरेकाे कार्यक्रममा उनले दक्षिणी हावाबाट देशमा धर्मको नाममा अराजकता मच्चाउने काम भएकाे आराेप लगाए ।
पूर्वउपप्रधामन्त्री रहेका नेता केसीले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत गरेकाे ठहर्ने बताउँदै लाेकतन्त्रकाे विकल्प अन्य व्यवस्था हुनै नसक्ने जनाए ।

हिन्दु राज्यको कुरा राजतन्त्रको वकालत हाे ।।याे संभव छैन, दक्षिणी हावा हाे, जहाँ त्याे असफल भएको छ । धर्मको नाममा नेपाली जनताको बुद्वि भुट्ने काम भछ, धर्मको नाममा । हिन्दु, बुद्व र कृश्चियनले खेती गरेकाे । धर्म मान्न पाइन्छ, त्याे अधिकार छ तर धर्मको नाममा खेल खेल्न पाइन्न । मुलुकमा अस्थिरता ल्याउने खेती । राज्यले कुनै धर्मकाे वकालत गर्न पाइन्न धर्म निरपेक्ष ठीक छ  केसीले भने।

लाेकतन्त्र र गणतन्त्रको विरूद्व किन आवाज उठ्यो, लाेकतन्त्र ल्याउनेले गतिलाे नगरेका हुन्,यसैबाट समाजवादी व्यवस्था ल्याउन लड्ने हाे, जसरी जानुपर्ने थियाे नभएको हाे तर त्सयसकाे विकल्प राजतन्त्र हाेइन ।, उनले भने ।
लाेकतन्त्रकाे सिमाभित्र दलले गर्न नसकेकाे सत्य हाे, लाेकतन्त्र र गणतन्त्रको विराेधमा गरिने माेर्चाबन्दी हटाउने अभियानमा साथ दिइन्छ ।, नेता केसीले भने ।

उनलेे भने, राजनीति गर्न व्यक्ति र परिवारलाई प्राथमिकता दिइयाे,त्याे गलत भयाे, अब उन्नत व्यवस्थामा जान सकिन्छ तर पुरानोमा फर्कने अवस्था रहँदैन । नेता केसीले गठबन्धन सत्तामा जान गरिन नहुने बताउँदै ५ दलीय गठबन्धनले ७२ काे संविधान जाेगिएकाे दावी गरे । उनले नेपालमा संघीयता घाँडाे भइसकेकाे बताउँदै देशभरबाट यसकाे आवाज बलियो भएकाे जनाए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार