प्रधानमन्त्रीबाट समुद्घाटन हुने अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रमको तयारी तिब्रः सन्धिखर्कमा गरियो सन्देश ¥याली

गोपाल प्रसाद भट्टराई
पौष–१५,अर्घाखाँची। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट समुद्घाटन हुने अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रमको मिति नजिकिएसंगै नेपाल पत्रकार महासंघले तयारीलाई तिब्र पारेको छ ।
आसन्न माघ १ गते सन्धिखर्क टुडिखेलमा भव्य समारोहका साथ प्रधानमन्त्री प्रचण्डबाट समुद्घाटन हुने कार्यक्रमको तयारी स्वरुप शनिबारदेखि वडागत रिर्पोटिङ्गको कार्यक्रम सुरु गरेको छ ।
६१ वटा वडामा स्थलगत रिर्पोटिङ्गमा जानुपूर्प पत्रकार महासंघले शनिबार बिहान सन्धिखर्कमा सन्देश ¥याली समेत गरेको छ । फिल्डमा जाने पत्रकार तथा सन्चारकर्मीलाई अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को लोगो अंकित ज्याकेट बितरण पछि अर्घाखाँची घुम्न जाऔं भन्ने सन्देश दिन सन्धिखर्क बजारमा मोटरसाइकल ¥याली गरिएको अभियानका प्रवक्ता हृदय कुमार भुसालले जानकारी दिनुभएको छ ।
प्रति वडा २ जना पत्रकार पुगेर त्यहाँका महत्वपूर्ण पर्यटकिय क्षेत्रको तथ्याकं संकलन गर्ने गरि वडागत रिर्पोटिङ्गमा जाने पत्रकारलाई अभियानका निर्देशक जिवनारायण कोइरालाले ज्याकेट हस्तान्तरण गर्नुभएको हो । पौष १४ गतेदेखि पौष १८ गतेसम्म वडाभित्रको रिर्पोटिङ्ग सम्पन्न गरि प्रतिवेदन बुझाइसक्नेगरि टोली परिचालित भएको जानकारी गराउनुहुँदै कार्यक्रम मुल आयोजक समितिका संयोजक अशोक खनालले वडामा आउने टोलीलाई आवस्यक सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।
आर्थिक समृद्धिका निम्ती महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमलाई सफल पार्न ८ हजार सदस्यिय जिल्ला स्तरिय प्रचार–प्रसार समिति बनाउने गरि तयारी अगाडि बढेको पत्रकार महासंघ अर्घाखाँचीको भनाई छ । “आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम संचालन गर्न लागिएको पत्रकार महासंघले जनाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार