नवनिर्मित गुम्बामा स्थानिय सरकार प्रमुखसंगै ल्होसार मनाउँन पाउँदा लक्ष्मिडाँडाका तमु समुदाय खुशीले गद्गद्

गोपाल प्रसाद भट्टराई
पौष–१५,अर्घाखाँची।   अर्घाखाँचीको धनचौरका गुरुङ समुदायले पहिलोपटक स्थानिय सरकार प्रमुखसंगै नवनिर्मित गुम्बामा तमु ल्होसार मनाउन पाउँदा खुशी व्यक्त गरेका छन् । नवनिर्मित लक्ष्मिडाँडा गुम्बामा भुमिकास्थान नगरप्रमुख झविलाल थापाकै उपस्थितिमा ल्होसार मनाउँन पाउँदा त्यहाँका गुरुङवासी खुशीले गद्गद् भएका हुन् । विगत ९ बर्षदेखि ल्होसार मनाउँदै आएपनि यस बर्ष नयाँ गुम्बामा स्थानिय सरकार प्रमुख नै उपस्थित भएर पर्व मनाउन पाएपछि आफुहरुको हौसला बढेर गएको र पर्व भव्य भएको स्थानिय भोजन गुरुङको भनाई छ ।
ल्होसारको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै भुमिकास्थान नगरप्रमुख झविलाल थापाले हरेक समुदायका भाषा, कला र संस्कृति मुलुकका सम्पत्ति भएको बताउनुभएको छ । नेपाल जस्तो सुन्दर भुगोलमा रहेका सयौं भाषा र संस्कृतिलाई प्रर्वद्धन गरि पर्यटक भित्राएर आर्थिक विकास गर्नुुपर्नेमा उहाँको जोड रहेको छ । भुमिकास्थानमा आर्थिक विकासको आधारः कृषि,पर्यटन,उद्योग र ब्यापार नारा दिएर आफुहरु अगाडि बढेको जानकारी गराउनुहुँदै नगरप्रमुख थापाले सिप, क्षमता र आवस्यकता अनुसार उत्पादनमा जोडिन आम नागरिकलाई अपिल समेत गर्नुभएको छ । तमु ल्होसारको शुभकामना दिंदै उहाँले अर्घाखाँचीको सुपादेउराली आउने पर्यटकलाई सेङलेङ पाथिभरा हुँदै लक्ष्मिडाँडा गुम्बा घुम्न आउने वाताबरण सिर्जना गर्न स्थानियलाई आग्रह गर्नुभएको छ ।
यस्तै भुमिकास्थान–१० का वडा अध्यक्ष खगिश्वर पन्थीले तमु संस्कृतिको मौलिक पनलाई जगेर्ना गर्दै पर्यटन व्यवसायसंग जोड्न सुझाव दिनुभएको छ । कार्यक्रममा पत्रकार महासघ जिल्ला सह–सचिव हृदय भुसाल, महासंघका जिल्ला सदस्य गोपाल प्रसाद भट्टराई, लक्ष्मी आधारभुत विद्यालय भुमिकास्थान–४ का प्रधानाध्यापक चोपलाल घर्ती, धनचौर स्वास्थ्य चौकीका अहेब तिलकराम भट्टराई, स्थानिय सामाजिक अगुवा कमल उचै, अर्जुन बुढामगर, सुधीर नेपाली, सरस्वती आधारभुत विद्यालयका शिक्षक दुर्गा प्रसाद भट्टराई लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरुले पछिल्लो समय नेपाली संस्कृतिमाथि प्रहार भइरहेको भन्दै सबैखाले विकृतिलाई चिर्दै नेपाली संस्कृतीको विकासमा सबैको एकताको खाँचो औल्याउनुभएको छ ।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न गुरुङ समुदायले तमु ल्होसार मनाउने प्रचलन रहेको छ । गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको संस्कृत विद्हरुको भनाई छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ति क्षेत्रहरुमा यो पर्व मनाउनुपर्ने जनविश्वास रहदैआएको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि तमुल्होसारको विशेष महत्व रहेको छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने भन्दै तमुहरुले यी वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग प्रतिकका रूपमा लिने गर्दछन् ।
तमु समाज लक्ष्मिडाँडाका अध्यक्ष जित बहादुर गुरुङको अध्यक्षता, ज्ञानकला गुरुङको स्वागत मन्तव्य र भोजन गुरुङको संचालनमा सम्पन्न कार्यक्रममा गुम्बा निर्माणमा सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिएको स्थानिय भिम बहादुर गुरुङले जानकारी दिनुभएको छ । लक्ष्मिडाँडाका गुरुङहरुले कार्यक्रममा सरिक भएका अतिथि, आफन्त, कुल–कुटुम्बहरुलाई घाटु नाँच सहित गुरुङ समुदायको कला र संस्कृति झल्किने विभिन्न गित तथा नृत्यको प्रस्तुती सहित भोज समेत खुवाएर शुभकामना आदान–प्रदान गरेका छन् ।

फाेटाे फिचर:- 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार