श्यामलाल पोखरेल
बुटवल, जेठ १९ ।
प्रगतिशील लेखक तथा साहित्यकारहरुले विश्भर फैलिरहेको कोराना भाईरससंग लड्नका लागि साहित्य क्षेत्रमा नयां प्रविधिको प्रयोग गर्न थालेका छन् । प्रविधिको विकाससंगै कोरोना भाईरसले निम्ताएको परिस्थितिको सामना गर्नका लागि नेपाली साहित्यकारले नयांनयौ प्रविधिको प्रयोग गर्न थालेका हुन् । परम्परा शैलीमा आफ्ना साहित्य लेख रचनाहरु लेख्ने र भेला तथा बैठक बस्ने शैलीलाई प्रगतिशील लेखकहरुले परिवर्तन गर्न थालेका छन् । भेला तथा बैठकका लागि भौतिक सहभागि हुंदै आएका लेखक तथा साहित्यकारले कोरोना भाईरसले विश्वभर सन्त्रास फैलाएको अवस्थामा इन्टरनेटको प्रयोग गर्न शुरु गरेका हुन् । देशका विभिन्न जिल्लामा छरिएर रहेका र विदेशमा रहेका साहित्यकारहरुले इन्टरनेटको माध्यामबाट भर्चुवल भेला तथा बैठक बस्न शुरु गरेका छन् । इन्टरनेटको प्रयोगबाट प्रगतिशील लेखक संघ रुपन्देहीले आफ्ना साहित्य गतिविधि सञ्चालन सञ्चालन गरेको छ । दर्शन पाठशाला कक्षा सञ्चालन गर्दै आएको प्रगतिशील लेखक संघ रुपन्देहीले अब इन्टरनेटको प्रयोगबाट आफ्ना गतिविध सञ्चालन शुरु गरिएको संघका सचिव श्यामलाल पोखरेलले जानकारी गराउनु भयो । प्रगतिशील लेखक संघ रुपन्देही अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा बसेको भर्चुवल बैठकले दर्शन पाठशाला कक्षालाई निरन्तरता दिने निर्णय गरेको छ । भर्चुवल बैठकमा बोल्दै प्रगतिशील पत्रकार संघ प्रदेश पांचका अध्यक्ष केशव थापाले प्रविधिको प्रयोगबाट अब प्रगतिशील साहित्यलाई अगाडी बढाउन सकिने बताउनु भयो । उहांले कोरोना भाईरसंग लड्ल, भारतीय पक्षबाट मिचिएको सीमाको बिरुद्व र राष्ट्रियताको पक्षमा खबरदारीका लागि प्रविधिको प्रयोग अनिवार्य रहेको बताउनु भयो । डाक्टर सागर न्यौपानले नेपालमा कोरोना भाईरसको संक्रमण फैलिन सक्ने चान्स बढी भएकाले सचेत हुन सबैलाई सुझाव दिनुभएको छ । विश्वका विकसित देशहरु र स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरु कोरोना भाईरस बिरुद्वको भ्याक्सिन अनुसन्धानमा लागे पनि छिटो भ्याक्सिन पत्ता लाग्न नसक्ने डाक्टर सागरले बताउनु भयो । कोरोना भाइरससंग नडराइ आफ्ना साहित्य गतिविधि सञ्चालन गर्न प्रलेस रुपन्देहीलाई सुझाव दिनुभयो । प्रलेस केन्द्रिय सदस्य मिनबहादुर रानाले साहित्यले मानिसमा शक्ति प्रदान गर्न सक्ने भएकाले साहित्यको माध्यामबाट कोराना भाईरसको संक्रमणबारे देश विदेशमा रहेका नेपाली नागरिकलाई सचेत गराउनु सकिने बताउनु भयो । प्रगतिशील लेखक संघ केन्द्र, प्रदेश पांचसंग सहकार्य गरेर प्रगतिशील लेखक संघ रुपन्देहीले कवि गोष्ठी र २२ औं साहित्य परिसम्बाद कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही जेठ २० गते दिउंसो ३ वजे प्रदेश पांचको प्रलेसको आयोजनामा हुने कवि गोष्ठीमा रुपन्देही प्रलेसको सहभागिता जनाउने रुपन्देही अध्यक्ष दलबहादुर गुरुङले जानकारी गराउनु भयो । त्यस्तै २४ गते दिउंसो २ वजे प्रलेस केन्द्रको आयोजनामा हुने २२ औं परिसम्बाद कार्यक्रममा पनि रुपन्देही प्रलेसले भाग लिने छ । २२ औं परिसम्बादमा प्रलेस केन्द्रिय महासचिव समिर सिंहले दर्शनबारे प्रशिक्षण दिनुहुने छ । त्यस्तै २० गते हुने कवि गोष्ठीमा केन्द्रिय अध्यक्ष … गिरीको प्रमुख आतिथ्यता कार्यक्रम हुने छ ।