सामुदायिक स्कुलप्रति अभिभावकको विस्वाँस टुट्न नदिन सरोकारवाला जिम्मेवार हुनुपर्छः नगरप्रमुख श्रेष्ठ

गोपाल प्रसाद भट्टराई
पौष–१७,अर्घाखाँची।   अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक स्कुलप्रति अभिभावकको विस्वाँस घट्दै गएको बताउनुभएको छ । निजिमा भन्दा हरेक पक्षले अब्बल हुने सामुदायिक स्कुलको विस्वाँस दिलाउन समुदायका सरोकारवाला जिम्मेवार हुनुपर्ने उहाँको तर्क छ । जनता आधारभुत विद्यालय सन्धिखर्क–८, नेपालीचौरको ४० औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।

नेपालीचौरमा विद्यालयको ३२ रोपनी रमणिय जग्गालाई उपयोग गर्न प्राविधिक क्याम्पस चलाउन सकिने भन्दै नगरप्रमुख श्रेष्ठले यसको लागि आफुले पहल गर्ने वचन दिनुभएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले सरकारको लगानीले मात्रै सामुदायिक स्कुलको गुणस्तर सुधार हुन नसक्ने भन्दै यसको निम्ती शिक्षक, अभिभावक, विद्यार्थि र समाजका अगुवाको एकता अनिवार्य हुने बताउनुभएको छ ।

पछिल्लो समय सामाजिक सन्जाल तथा मिडियाको गलत प्रयोगले विद्यार्थिलाई कुलतमा लैजाने खतरा पैदा भएको भन्दै समन्वय प्रमुख पराजुलीले अभिभावकले निग्रानी गरि सिकाइमा उपयोग हुने गरि मिडियाको प्रयोगको खाँचो औल्याउनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य रामचन्द्र पोख्रेल,राष्ट्रिय स्वतन्त्र पार्टि जिल्ला संयोजक हरि प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले मन्तव्य राख्दै शिक्षा नै विकासको प्रमुख आधार भएकोले शिक्षाको गुणस्तर सुधारमा राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ । सामुदायिक स्कुलको शिक्षा सुधारको निम्ती समुदायका सबै तहको हातेमालो हुनुपर्नेमा उहाँहरुको जोड रहेको छ ।
यस्तै सन्धिखर्क नगर शिक्षा शाखा प्रमुख मन्जु आचार्य, सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे, सन्धिखर्क–१ का वडा सदस्य बाबुराम पन्थीले मन्तव्य राख्दै विद्यालय शिक्षाको गुणस्तर वृद्धिनै अहिलेको मुख्य आवस्यकता भएको बताउनुभएको छ । सबैको सहकार्यमा शिक्षा सुधार गर्न उहाँहरुको अपिल समेत रहेको छ ।
कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका सदस्य गोपाल प्रसाद भट्टराई, जनता कृष्ण मा.वि. सन्धिखर्क–८ पकलेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद भुसाल, नवज्याति आधारभुत विद्यालयका प्र.अ.रेखा खत्री र जनता आधारभुत विद्यालयका पूर्व शिक्षकहरुको तर्फबाट चोपनारायण बन्जाडेले मन्तव्य राख्दै गुणस्तरिय पढाई खोज्ने बहानामा गाउँ रित्तिने स्थितिलाई नरोके गाउँ खाली हुने बताउनुभएको छ ।

नैतिक, संस्कार र व्यवहारिक शिक्षा सिकाउन राज्यको निति बन्नुपर्नेमा उहाँहरुको जोड रहेको छ ।
सन्धिखर्कमा क्रियाशिल राजनितिक दल, जनप्रतिनिधि, विद्यालयका संस्थापक, पूर्व तथा बहाल वि.व्य.स., पिटिए पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थिको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले जहाँ विद्यार्थि, त्यहाँ शिक्षक अभियान चलाउन र विद्यार्थि कम भएको विद्यालय मर्जरमा जान तयार हुन समेत वक्ताहरुले सुझाव दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता, शिक्षक लजिना निशाको स्वागत मन्तव्य र शिक्षक शालिकबाबु पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्र.अ. तथा अक्षयकोषदाता कृष्ण प्रसाद बनजाडे, पूर्व प्र.अ.नारायण प्रसाद पोख्रेल,पूर्व प्र.अ.शुभद्रा मरासिनी, पूर्व प्र.अ.कमल प्रसाद गैरे,पूर्व शिक्षक चोपनारायण बन्जाडे, पूर्व शिक्षक इन्दिरा आचार्य, पूर्व शिक्षक तथा फर्निचरदाता वसन्तराज भुसाल र पूर्व शिक्षक चिरन्जीवी भुसाललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । यस्तै उत्कृष्ट शिक्षकमा बालविकास शिक्षक रोमकला मरासिनी र उत्कृष्ट कर्मचारीमा कार्यालय सहयोगी भिम बहादुर रानालाई नगद र सम्मानपत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ ।
वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेल र प्रधानाध्यापक गिता वेल्वासेले विद्यालयको बार्षिक प्रगति र आर्थिक प्रतिवेदन पेश गर्दै आगामी कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियोे । उहाँहरुका अनुसार जनता आधारभुत विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न आगामी दिनमा व्यबहारिक, प्राविधिक र नैतिक शिक्षा दिनेगरि कार्यक्रम सन्चालन गर्ने योजना बनाएको छ । कक्षा नर्सरी देखि कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल ९० जना विद्यार्थिले पढ्दै आएको शिक्षक केशवराज पोख्रेलले जानकारी दिनुभएको छ ।
कार्यक्रममा गत शैक्षिक शत्रको बार्षिक परिक्षामा उत्कृष्ट स्थान हांसिल गर्ने र अतिरिक्त क्रियाकलापमा विजेता हुने विद्यार्थिलाई पुरस्कार बितरण गरि सम्मान व्यक्त गरिएको छ । भने विद्यार्थिहरुले गित तथा नृत्य प्रस्तुत गरि मनोरन्जन समेत प्रदान गरेका थिए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार