अनेरास्ववियु बुटवल बहुमुखि क्याम्पस कमिटिले स्लो रेस वाईक प्रतियोगिता सम्पन्न गरेको छ ।
क्याम्पसको प्राङगढमा गरिएको उक्त कार्यक्रममा बिनोद कालिराज प्रथम, कैलाश कुमार चौरसिया द्धितिय र बिशाल जङ थापाले तृतिय स्थान हासिल गर्नुभएको छ । त्यस्तै स्कुटी तर्फको रेसमा प्रथम अमर पराजुली, द्धितिय रन्जन बेल्बासे र तृतियमा राजिब पोखरेल बिजय भएको अनेरास्वबियु बुटवल क्याम्पस कमिटि सचिव तथा कार्यक्रम संयोजक कुशल तिवारीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष भरत अर्यालले अनेरास्ववियुले विद्यार्थी अन्तरनिहित क्षमता बिकासको निम्ती बिभिन्न रचनात्मक काम गर्दै आएको बताए ।
बिद्यार्थीहरुलाई संगठनमा प्रत्यक्ष जोड्ने गरि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको अर्यालले बताए । कार्यक्रममा क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, स्वतन्त्र बिद्यार्थी युनियनका सभापति दुर्गा बहादुर एम सि लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम क्याम्पस कमिटि उपाध्यक्ष जिडि शिखरको अध्यक्षता सचिब कुशल तिवारीको संचालन तथा शसाङक बस्यालको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा बिजेतालाई नगद सहित पुरस्कृत गरिएको थियो ।