
बुटवल । नेकपा(माओवादी केन्द्र) भूमिकास्थान नगरपालिका १ नम्बर वडाकमिटी उपाध्यक्ष तुल्सीराम खनाललाई पितृ शाेक परेको छ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्ग ओखटे निवासी नेकपा (माओवादी केन्द्र) भूमिकास्थान-१ नम्बर वडा कमिटी उपाध्यक्ष तुल्सिराम खनाल, सक्रिय सदस्य कृष्णप्रसाद र भुपलाल खनालका बुवा तथा सर्मिला खनालका श्रीमान ८२ वर्षीय उमानन्द खनालको २२ गते आइतबार आफ्नै निवासमा निधन भएको हो ।
स्व. खनालको मृत शरीरमा पार्टीको झण्डा ओडाउदै नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश सल्लाहकार काशिराम गमालले खनालको निधनप्रति नेकपा (माओवादी केन्द्र) दुखित एवम् मर्माहित भएको बताउदै स्वर्गीय खनालले नेपालको बामपंथी तथा प्रगतिशील आन्दोलनहरूमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको प्रशंसासमेत गर्नुभएको थियो।
स्थानीय दधेरीघाटमा गरिएको अन्त्येष्टिमा भूमिकास्थान नगरकमिटी उपाध्यक्ष बाबुराम खनाल, १ नम्बर वडा अध्यक्ष ठाकुर प्रसाद भुसाल, भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का जननिर्वाचित वडा सदस्य मेघराज खनाल लगायतले स्वर्गीय खनाललाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।