शोभाखर पन्थी
अर्घाखाँची/ पौष -२७ संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री शुशीला श्रीपालीले आर्थिक समृध्दिको प्रमुख आधार पर्यटन भएको बताएकी छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची द्वारा तयार गरिएको पर्यटन प्रवर्द्धन सम्बन्धी गीत सन्धिखर्कमा सार्वजनिक गर्दै उनले नेपालमा पर्यटन उद्योगको बलियो संभावना रहेको बताईन् ।
नेपाल प्राकृतिक ,सांस्कृतिक र धार्मिक पर्यटनको हिसाबले धेरै अगाडी रहेको भए पनि पर्यटनको क्षेत्रमा उल्लेखनीय काम हुन नसकेको उनको भनाई छ ।
उनले थोरै लगानी गरेर पनि पर्यटन बाट मनग्य आम्दानी गर्न सकिने बताईन् ।
पत्रकार महासंघ अर्घाखाँचीले आर्थिक बिकास,पर्यटन प्रबर्द्धन र स्थानीय रोजगारीको लागि आयोजना गरेको अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० ले जिल्लाको बिकास र समृध्दिमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।
सुपादेउराली,पाणिनि तपोभूमि पणेना,अर्घा भगवती मन्दिर लगायतका १ दर्जन भन्दा बढी ठाउँहरु अर्घाखाँचीमा आकर्षक पर्यटकीय गन्तव्य भएको उनको भनाइ छ ।
नेकपा माओवादीकी नेतृ समेत रहेकी राज्य मन्त्री श्रीपालीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले छोंटो समयमा दुरगामी महत्वका धेरै काम गरेको बताईन् । उनले जिल्लाको बिकासको निम्ति सबैपक्ष एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिईन ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता ,प्रवक्ता हृदय भुसालको बिषय प्रवेश र कोषाध्यक्ष रुद्रमणी भुसालको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला ,सन्धिखर्क नगर पालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य द्वय ठाकुर कुमार बि.क., छमकुमारी खनाल,जिल्ला अध्यक्ष राजेन्द्र भुसाल,उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्र,शन्तोष बस्नेत,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली ,प्रदेश सदस्य प्रेमनारायण आचार्य ,संस्थापक अध्यक्ष बिष्णु प्रसाद भुसाल,पुर्व अध्यक्ष शोभाखर पन्थी,हिमबहादुर जि.सी. लगायतको उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघ द्वारा आयोजित अर्घाखाँची यर्यटन पर्वर्धन कार्यक्रमको माघ-१ गर्ने प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।