बुटवल । अक्सफोर्ड मावि बुटवलले देवीनगरस्थित एन्फा एकेडेमीमा खेल सप्ताह सुरु गरेको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले अध्यक्षता ग्रहण गर्नुभएको उक्त कार्यक्रमको कार्यक्रममा विभिन्न सदन तथा स्काउटकाका विद्यार्थीहरूले मार्च पास गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जगाई उनीहरूमा प्रतिस्पर्धात्मक भावना जगाउनका लागि यस्ता कार्यक्रमहरू फलदायी हुने विचार राख्नुभयो । साथै उहाँले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा क्यामस तर्फका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल ,विद्यालयका व्यवस्थापन समितिका सदस्य ललित प्रसाद खरेल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले गर्नुभएको थियो ।