प्रिय रोशनी यात कोरोना कित भोक ,रोग र शोकले मर्नुछ त्यसैले बिद्रोह जरुर छ।

लामो समयको लकडाउन काम नगरी घरमा बसेको ७५ दिन कटेछ।साँझ बिहान चुलो बल्न छोडेपछि बल्ल होस खुल्यो उसको! १ महिना अघिदेखि नियमित औसधि खान छोडेकी उसकी रोशनीलाई मुटुको रोगले च्याप्दै लगेको थियो।छोरी आमाको छेउमा बसेर स्कुल कहिले खुल्छ,साथिको घरमा त मोबाइल ल्यापटपमा पढन पाइन्छ रे!भन्दै आमासँग सोधिरहेकी थिइ! रोशनी झर्केर बा लाई सोधन कत्ती कराकी यहाँ मलाइ स्वास फेर्न त गाह्रो भको छ। उ लामो स्वास तान्दै एसपाली त घरको छानो फेरौला भनेको के आइलाग्यो भन्दै टोलाइ रहेको थियो!बाहिर सुनसान बाताबरण ,भित्र अनेकन पिडाको हुरि चलिरहेको थियो।गाउँभरी भारताका लाहुरे आउने भन्दै हल्ला खुल्ला थियो!बिदेशमा फलानो लाई कोरोना लाग्यो रे!फलानोको छोरा बित्यो रे!अब नेपाल ल्याउन पनि सकिदैन उतै गाडछ्न रे! एस्तै एस्तै कुराले गाउँ आक्रान्त थियो।
भोलि गाउँमा राहत बाढछ्न भन्ने खबर पाएको उ साँझ भान्सामा डोस्ने सबै रित्तिएपछी रोशनीलाई अह्र्याउछ आमा छोरी साँझ जोम्नलाइ झिजाँ खोज्दै गर्नु ग्यास सकिएको छ।मुटुको ब्याथाले च्यापिएकी रोशनी केही नबोली हस भनेको उत्तर दिन्छिन।बाटो छेउको आडैमा घर भएकाले धुलाम्य हुनेगरी कुइरीमण्डल बनाउदै झण्डा र डण्डा बोकेका गाडिका लामहरु स्कुलको चौरतिर हुइकिन्छ्न।अप्ठ्यारो मान्दै तिनै गाडिको पछि पछि जान्छ।स्कुलमा लाम लगाएर एकहुल पत्रकार फोटो खिच्दै हुन्छ्न अनि दुइकिलो चामल,एउटा तेल र नुन राहत पाएको उ आधाघण्टा कान फुटनेगरी अर्को चुनाबमा भोट मागेको सुनेर खिन्न हुँदै फर्कन्छ।
बाटो छेउ खोला किनारमा गवताको साग टिप्दै भोलिका दिनहरु कल्पना गर्छ।घर पुग्छ छोरी र श्रीमतिको मनिल अनुहार हेर्दै! ऋण जोहो हुने आस लिएर उ गाउँ तिर लाग्छ।बाटोमा सेतो नम्बर प्लेट र घाटिमा कार्ड भिरेकाहरुका लाम गाडिहरुले बाटो धुलाम्य पार्दै गुडिरहेका थिए!चोकमा एकहुल गफिदै थिए त्यो मध्य सरकारी शिक्षक जस्तो देखिने एकजना भन्दै थिए “हाम्रो सरकारले ८० करोडको राहत बाढेछ”,अर्का अरु थप्दै थिए “अस्पताल जतासुकै बजेटको खोलो छ रे यसपालि त ,रोजगार स्वरोजगारका कार्यक्रम त कति हो कति “। पार्टीको कार्यकर्ता नभएकै कारण प्रधानमन्त्री स्वरोजगारमा नपरेको उ मनमनै आगो भैरहेको थियो।उता स्कुलको कोठामा भारतबाट आएकाहरु लाई राखिएको थियो जुन झ्यालखाना भन्दा कठोर देखिन्थे!
कतै केही नपाएपछि खिन्न हुँदै साझ घर फर्किन्छ अनि रेडियो खोल्छ। समाचार बज्छ सडक पेटिमा एकजाना भरियाको ज्यान गयो,औषधि खान नपाइ क्वारेन्टाइनमा ज्यान गयो,कोरोना संक्रमित संख्या २००० नाघे,सामाग्री खरिदमा भ्रष्टाचार ,राष्ट्रपति भवनमा करोडको गलैंचा फेरिदै र मुख्यमन्त्रीका लागि गाडी खरिद प्रक्रिया सुरु……।रिसले आगो हुन्छ धिक्कार लाग्छ उसलाइ समृद्धि र रोजगारमा चिप्लेर अघिल्लो पटक हालेको भोटको पछुतो मान्छ। फेरि ध्यान रेडियो तिरै जान्छ अनि सुन्छ सरकार १५ दिन लकडाउन बढाउने तयारी…। एतिकैमा अनेकन प्रश्नहरुको आधिले च्यापिरहेको बेला छोरिको आवाजले तान्छ बाबा भोक लाग्यो।उसले जेनतेन राहतको चामल पकाउछ।श्रीमति सोध्छिन कतै पाउनु भयो त सापटी ।उ नबोली बस्छ रोशनी आफै जवाफ दिन्छिन हुनत कहाँ पाउनु भएको बेच्न मिल्ने सबै सकियो,काम भएपो पत्याउनु कसैले!बलेको आगो ताप्ने न हुन सबै..।नाजवाफ उ खाना पस्कन्छ,बत्ती झ्याप्प जान्छ अनि भन्छ खाली खानेबेला जानुपर्ने एसलाइ,हुनत बिल नबुझाको पनि महिनौ भयो..।छोरि बोल्छे छि कति नमिठो भात!केही नबोली राहत लिने बेलाको भाषण सम्झन्छ अनि बिद्रोहको भाब जाग्छ
आखिर हामी निर्धालाइ हेर्ने को नै छर!हामिलाइ कोरोना लागे पनि न सुरक्षा न उपचार, भित्रै बसेपनी भोक ,रोग र शोक।तिनैजना खाना खाएर सुत्ने तयारी गर्छ्न।उ उसको बिरामी रोशनिको छेउ छोरिलाइ काखमा च्यापेर सुत्छ। शरिरको आधा भाग गुन्द्रीको भित्र र आधा बाहिर पारेर सुत्दै गर्दा उसले समाचारमा सुनेको गलैंचा( रातो कार्पेट सम्झन्छ)।निद्रा ल्याउन अनेक कोसिस गर्छ तर रेडियोमा आएका समाचार र उसको परिवारको पिडाले उ निधाउन सक्दैन ।जनतालाई कालकोठरी हुनेगरी थुनेर दशैं मनाइरहेका शासकहरु प्रती बिद्रोहको भाब पैदा हुन्छ।उसकी प्रिय रोशनिको स्वास्थय स्थिति र छोरिको सुन्दर भबिस्यको लागि शोषण,अत्याचार र लुट मच्चाउने भाइरसहरु उसका लागि कोरोना भन्दा खतरनाक ठान्छ।अनि निधो गर्छ हामी भाइरसले मरेपनी मर्नु नै छ ,रोग ,शोक र भोकले मरेपनी मर्नु नै छ त्यसैले गरिबीलाई मजाक बनाएर निर्धाहरुमाथी शोषण गरिरहेका शासकहरु विरुद्ध बिद्रोह जरुर छ।
एतिकैमा बन्धन तोडेर खुला पंक्षी जस्तै आकाशमा उडने सपना देख्ने बिहानीको लाली सँगै सुन्दर भबिस्यको यात्रामा टाउकोमा कफन बाधेर निस्कने अठोट गर्दै ! छोरी र श्रीमतिलाई कपडा ओढाएर सुम्सुम्याउदै निदाउछ..।
पुरन पोख्रेल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार