के साँच्चै पत्रकार असक्षम र झोले नै हुन् त ? एक भित्रि कथा

गोपाल प्रसाद भट्टराई
सामाजिक सन्जाल मार्फत आफ्नो ब्राण्ड स्थापना गर्न हो या कसैको गोठालो बनेर दिएको खुराक पस्किएको हो ? कि त मुलुकमा आएको आर्थिक मन्दिले व्यवसायी भए ब्यापार नभएर समय कटाउन अप्ठ्यारो परेर हो, कि कुनै जागिर वा पेशा गर्ने भए जिम्मेवारी बहन गर्ने ठाउँ थेतुलो भएर हो ? त्यो त सम्बन्धितलाई नै थाहा होला या मुल्याकंन भएको छ कहिंबाट भने तथ्य आउला हामीपनि जानौंला…. तर पछिल्लो केही समयदेखि यता पत्रकारको पिछा गर्ने, खेदो खन्ने त्योपनि सामाजिक सञ्जालमै, पत्रकार एवम् सञ्चारकर्मिले सामाजिक रुपमा दिएको सेवा वा योगदानलाई देखि नसहने ! लाग्छ यि र यस्ता ग्याङ्गलाई पत्रकार÷सञ्चारकर्मिलाई आरोप लगाएर दिनको एक दुइवटा सेयर नलेखे र सामाजिक सञ्जालमा नदेखाए उनिहरुलाई भोक र निद्रानै लाग्दैन अथवा खाएको पच्दैन अनि शारिरिक तथा मानसिक रुपमा डिप्रेशन अपज नै हुन्छ ।
के मैदानमा भएका पत्रकार असक्षम र झोले नै हुन् त ?
के मैदानमा भएका पत्रकारका कारण ति ग्याङ्गका सदस्यहरु बेरोजगार भएका छन् ?
के मैदानमा भएका पत्रकारले फिल्ड छोडेर जानुपर्ने हो ?
के अहिलेका पत्रकारले फिल्ड छाडेपछि समाज र राष्ट्रका सबै विकृतिहरु नाश
हुनेहुन त ?
अँह ! त्यो हुँदै होइन यदि हो भने जो पत्रकार÷सञ्चारकर्मि जुन मिडियामा
छन् तत् तत् क्षेत्रमा पदको बरियता र कामको जिम्मेवारि कसरी पाएका छन् ?
पाएको जिम्मेवारि कुशलतापूर्वक पुरा नगरेको भए सम्बन्धित मिडिया मालिक वा
संचालकले किन ति पत्रकार÷संचारकर्मिलाई कार्बाही गरेका छैनन् त ?
किन पत्रकार÷संचारकर्मिका बिरुद्ध प्रेस काउन्सिल वा अन्य नियामक निकायमा
विधि संवत उजुरी परेको छैन त ?
हेक्का राखेर आत्म साक्षी राखेर पत्रकार आफैलाई सम्झिएर सोंच्नुस र
भन्नुस त के पत्रकार÷संचारकर्मिको यो मैदानमा केही भुमिका वा योगदान नै
छैन ?
तपाईं आफैलाई पत्रकारको भुमिकामा ल्याएर तपाईंले अहिले भने र खोजे जस्तै
भुमिका निर्वाह गर्न सक्नुहुन्छ ?
यहि परिस्थितिमा के मिडिया मालिक वा संचालक बनेर मिडिया चलाएर देखाउन
सक्नुहुन्छ ? यदि त्यति दख्खल राख्नुस् त तपाईंको मिडियामा हामीलेपनि काम गर्ने आवेदन हालौंला ! नेपालका उपलब्ध हरेक परिवर्तन हात पार्न पत्रकार÷संचारकर्मिको योगदान कति एक पटक तथ्य अध्ययन गर्नुस्,…….
पछिल्लो कोरोना र भु–कम्प जस्ता महामारी सहित अन्य असंख्य प्राकृतिक तथा कृतिम बिपद् तथा समस्यामा आ–आफ्नो मिडियामा पत्रकार÷संचारकर्मिले व्यक्ति आफु, आफ्नो परिवार र आफन्तको प्रवाह नगरि के–कति चुनौंति झेलेर रिर्पोटिङ्ग र फिल्डमा काम गरिहेका रहेछन् एकपटक इतिहाँस पढ्नुस र हेर्नुस,…
गाउँ, समाज, सबैतिर ठुलादेखि सानासम्म अप्ठ्यारो पर्दा न्यायको ढोका ढकढकाउन, दुर्घटना होस्, या बिपत्ति, भ्रष्टाचार, कालोबजारिका काण्ड बाहिर ल्याउने काममा भुमिका खेल्ने काम के पत्रकार र मिडियाले नगरेर
तपाईंले जस्तै हल्ला गरेर न्याय मिल्छ र मिलेको छ त ?
अनि नेपालका जति पनि बाहिर आएपछि सरकार वा नियामक निकायले कार्बाहीको प्रक्रियामा लगेका भ्रष्टाचार होस वा अन्य सबैखाले विकृतिजन्य काण्डको
सुचना बाहिर ल्याएर शु–सासनको पक्षमा वकालत गर्ने काम कसले गरेको छ र गर्छ ?
तसर्थ पत्रकार कुनै अन्य मुलुकबाट शरणर्थि बनेर यहाँ शरण माग्न आएका होइनन्, जन्मदिने बा–आमाले लालन÷पालन गर्न नसकेर घरनिकाला गरेका पनि होइनन्, पढ्दै नपढि, जान्दै नजानी अन्य कर्मक्षेत्रमा खट्नै तथा गर्नै नसकेर जर्बजस्ती पत्रकारिता क्षेत्रमा आएका पनि होइनन् । नपत्याए परिक्षा
लिनुस विधि विधानअनुसार….उसको काममा चित्त नबुझेको ठाउँमा जवाफ माग्नुस्, उसले लेखेका समाचार वा कार्यक्रमको स्पष्टिकरण माग्नुस्, जिम्मेवारिका साथ जवाफ दिन तयार छ पत्रकार ।
काम गर्न मेलामा गएपछि मालिकले दिएको खाना पानी खाने र काम अनुसारको ज्याला लिने त एक भरियादेखि तपाईंले पनि त गर्नुहुन्छ नी होइन र ?
अनि कार्य क्षेत्रको कार्यालयले तोकेको पोशाकपनि त लगाएरै फिल्डमा जानुहुन्छ होइन र ? खेतमा रोपाइंमा जाँदा कोटपाइन्ट त पक्कै लाइदैन होला अनि पत्रकारले खाना खाएको, खाजा खाएको,  ड्रेस लाएर फिल्डमा गएको देख्दा तपाईंलाई के को डाहा बोलेको हो ?
जसले समाजलाई सु–मार्गमा डा¥याउन अहोरात्र अथक ढङ्गबाट लम्किन खोजिरहेको छ तपाईं विकल्प विनै उसैको खुट्टा तान्न खोज्नुहुन्छ भने सोंच्नुस त हाम्रो समाज कता जाला ?
तपाईंले कहिले सोंच्नुभयो,अनि खोज्नुभयो ! यि फिल्डमा खटिएका
पत्रकार÷संचारकर्मिको पारिवारिक र व्यक्तिगत जिवनयापन कस्तो होला र कसरी चलिरहेको होला ? २४ घण्टाको एकदिनमा १८ घण्टासम्म फिल्डमा काम गर्ने
पत्रकार÷संचारकर्मिको तलब कति होला ? हरेक निकायमा, जहाँ रिर्पोटिङ्ग गर्नुपर्ने वा समाचार लेख्नु र भन्नुपर्ने हुन्छ त्यहाँ जाँदा लाग्ने
खर्च कसले व्यवस्थापन गर्छ होला ? यो बारेमा पनि बुझ्नुस् र के लाग्छ
लेख्नुस न है……
अनि कुनै जिल्ला बिशेष र क्षेत्र विशेषका पत्रकार÷संचारकर्मिको काम गराइ, हिडाइ, खुवाई र चालढाल तपाईंलाई मन नपरेको हो नि है ?
पत्रकार÷संचारकर्मिले आफ्नो डियुटि समय अवधिमा उसले आफ्नो जिम्मेवारि पुरा गर्दा पिडकलाई होइन पिडितलाई आघात पुग्नेगरि वा प्रचलित कानुनको हितमा काम भएको छैन भने यो कदम रोकिनुपर्छ !  त्यसको लागि खुब बिरोध गर्नुस, उजुरी हाल्नुस् कार्बाहीको दायरामा ल्याउनुस्,…. तर एक व्यक्तिको सबै कुरा कसैलाई पनि चित्त बुझ्दैन, अर्को कुरा निजि जिवन भन्ने कुरा सबैको हुन्छ । किनकी ! पत्रकार÷संचारकर्मि पनि मानव नै हो नि त हैन र ?
नेपाल र यसका जिल्ला तथा क्षेत्रगतको समस्या के हो त ?
कुनैपनि काम गर्न पैसा भन्ने चिज अनिवार्य रहिछ !  मिडिया संचालन गर्नपनि पैसा अनिवार्य छ , किनकी त्यहाँ काम गर्ने पत्रकार÷संचारकर्मिको ज्याला दिनुपर्यो, कार्यालय संचालन गर्दा आवस्यक पर्ने खर्च व्यवस्थापनगर्नुपर्यो । यसको लागि मिडिया हाउसको स्रोत भनेको विज्ञापन÷कार्यक्रम हो। 
नेपाल र यसका जिल्ला÷क्षेत्र आफैमा सानो क्षेत्र हुन् । किनकी यहाँ ठुला हैन साना पनि उल्लेख्य उद्योग छैनन्, जसको आफैको दिगो भविष्य छैन ।
ताकि ति उद्योगको सेवा बिस्तारको लागि हामी सबै मिडियाले विज्ञापन गर्न परोस्, किसानको अवस्था उस्तैः दुःख र लगानी गर्यो व्यवसायिक सुनिश्चितता छैन, बिचौलियाको विगविगि त के कुरा गरौं र । बजार उस्तैः एक घण्टा हिड्यो भने कुनैपनि जिल्लाका सदरमुकाम एरियाका बजारका सबै गल्ली हिडेर सकिन्छ ।
कारोबार सुस्ताएको छ । रातारात सामान कुम्लो पारेर सटर बन्द गरि कोठामा थन्काएर त्रिभुवन बिमानस्थल जानुपर्ने अवस्था अहिलेका व्यवसायीले भोग्नुपरेको छ । त्यहि अवस्थाबाट गुज्रिएर भएपनि मिडियामा उहाँहरुले गरेको सयको गन्तिमा पर्ने लगानी मिडियाको लागि अर्बौ बराबरको छ । तर प्रयाप्त हुँदैन ।
केही अलिक स्थापित पसलहरु र संघ÷संस्थाहरु त छन् तर तिनका मालिकलाई सामाजिक उत्तरदायित्व अन्तरगत लगानी गर्नुपर्छ भन्ने सायद थाहा छैन होला
!  मिडियामा उनिहरुको वास्तविक लगानी शुन्यजस्तै छ ।
राजनितिक दल उस्तै जब मिडियाको उपयोगको खाँचो पर्छ सबै आफ्नै होइचन कर भने जस्तो गर्छन् तर जब काम सकिन्छ त्यसपछि खोलो तर्यो लौरो बिर्सियो भने
जस्तै हो ! र भएको छ ।
राज्यपक्ष र जनसेवकहरुको कुरा पनि गरौंः उनिहरुको हाइहाइ हुनेगरि बखान गरे धन्यावाद सहित अलिअलि भेटि पाइएला नभए त पुरै बहिस्कार पो भइन्छ कि भन्ने डर छ । मिडिया सबैका हुन् भन्ने ब्यवहार कहिं कतैबाट पाइएको छैन !
भौतिक संरचना बनाउनु र भत्काउनु मात्रै विकास हो भन्ने बुझाई सत्य होइन भन्ने निष्कर्ष अझै निकाल्न हामी कसैले सकेका छैनौं र त देखिने संरचना बाहेक वैचारिक र वौद्धिक विकासको निम्ती लगानी गर्न रुची जगाउँदैनौं ।
यसैको चेपुवामा हामी र मिडिया परेका छन् ।
अर्को मुख्य समस्याः मिडिया संचालक समिति वा मालिकले चलाउनुपर्ने हो , पत्रकार÷संचारकर्मिले उक्त मिडियामा आफ्नो जिम्मेवारि अनुसारको काम गर्ने अनि काम अनुसारको वा भनौं नियुक्ति हुँदा सहमती भएबमोजिम ज्याला÷तलबभत्ता लिने हुनुपर्ने हो ।
त्यसो गर्दा मिडियामा आउनुपर्ने र जनताले सुन्नु अनि थाहा पाउनुपर्ने सबै बिषयबस्तु निर्धक्क प्रसारण र प्रकाशन हुन्थे । तर यहाँ अहिले भैरहेको के छ भने मिडिया जन्मिन्छन् । बच्चा जन्मिएपछि खानपान, स्यहार–सुसार गर्न खर्च र जिम्मेवारि थपिए जस्तै जन्मिएका मिडियालाई संचालन गर्नपनि खर्च व्यबहार थपिन्छ । जसको लागि मालिक वा संचालक योजनावद्ध रुपमा खटिनुपर्छ ।
तर त्यसो भएको छैन , बजारमा देखिएको समस्या मैले माथि बताइसके… यो समस्या देखेपछि मिडिया मालिक वा संचालकले पनि अनौपचारिक रुपमा हात झिकेजस्तै वा भनौं अभिभावकले बच्चा छाडेसरि मिडिया संचालनमा हुनुपर्ने जिम्मेवारिबाट बाहिर बसेका छन् । जसका कारण मिडियामा कर्मचारिको भुमिकामा रहेका पत्रकार÷संचारकर्मि आफै मालिक आफै मजदुर बनेर जिम्मेवारि बहन गर्नुपर्ने अहिलेको अवस्था हो र छ । यसले गर्दा एउटा सवारिमा मालिक, चालक र सह–चालक आफै हुँदा आइपर्ने अप्ठ्यारो जस्तै मिडिया क्षेत्रमा रहेको छ ।
यसले गर्दा राज्यपक्ष होस्, या राजनितिक तथा अन्य जुनसुकै पनि निकायमा भएका कानुन र सामाजिक हित बिपरितका कार्यको बिरोध र आलोचना सहित शुसासन कायम राख्दै मुलुकको विकासका निम्ती जति लेख्नु र भन्नुपर्ने
समाचार÷कार्यक्रमको रिर्पोट बनाउन खटिने पत्रकार÷संचारकर्मिले निर्धक्कका साथ त्यस्ता बिषय त्यति बाहिर ल्याउन सकिराखेको छैनौं । किनकी यो अवस्थामा त्यसरी फिल्डमा हिड्दा रिर्पोटिङ्ग गर्दा पत्रकार त भैइन्छ तर मिडिया मालिक भइदैन, मिडिया मालिक नभएपछि मिडिया चल्दैन मिडिया नचलेपछि मिडिया विनाको पत्रकार भएर के गर्ने ? त्यसैले अहिले मिडियाको आवस्यकता अनुसार फिल्डमा रिर्पोटर छैनन्, मिडिया भित्रैपनि प्रयाप्त कर्मि छैनन्, र त मिडिया तपाईंले खोजेजस्तो भइरहेका छैनन् । तर हेक्का राख्नुसत मिडिया मालिकले थलो छाडेपनि हामी कर्मिभने आफ्नो फिल्डमा आफ्नो कर्तव्य ठानेर खटिराखेका छौं । निरन्तर…..अहोरात्र ….. ! बाघ बरु भोकै मर्ला तर घाँस खाँदैन भनेजस्तै हामी फिल्डमा भोकै भएपनि भिक नमागि नडगमगाई अविरल बगिरहेका छौं । यि समस्या समाधान गरि मिडियालाई भरपर्दो सुचनाको माध्यम र
पत्रकार÷संचारकर्मिलाई विस्वासीलो सुचनाकर्मि बनाउन र मान्न के गर्नुपर्छ त ? के सम्भव छ त ?
सम्भव छ ! त्यसको लागि यसो गर्नुपर्छः
सबैभन्दा पहिला मिडिया संचालनको दिगोपनाका निम्ती राज्यले स्पष्ट निति ल्याएर कार्यान्वयन गर्नुपर्छ । मालिक वा संचालकले मिडिया चलाउनुपर्छ,
पत्रकार÷संचारकर्मिको जिम्मेवारि  सम्बन्धित मिडिया मालिक वा संचालकले लिनुपर्छ, एक कामदारले आफ्नो जिम्मेवारि कुशलतापूर्वक पुरा गर्न आवस्यक पर्ने बातावरण र चाँजापाँजोको व्यवस्थापन संचालक वा मालिकले अनिवार्य गर्नुपर्छ । जतिपनि मिडिया छन् नि सबैको भुमिका आफ्नै मुलुक र क्षेत्रको समृद्धिको निम्ती हो भन्ने बुझेर सोही अनुसार उपयोग गर्ने ध्यय सबैले राख्नुपर्छ ।
नियामक निकायले इतिहाँस र वर्तमानको समिक्षा गरि भविष्यका निम्ती समयानुकुल निति बनाएर मिडिया संचालन गर्ने बातावरण बनाइदिनुपर्छ । आवस्यक परे बैंक मर्जर गरेजस्तै मिडियापनि मर्जर गर्ने निति बनाएर मिडिया संचालनको स्रोतको व्यवस्थापनको निम्ती हरेक निकायले स्पष्ट रुपमा निश्चित प्रतिशत बजेट छुट्टाएर बजेट अनुसारको कार्य जिम्मेवारि दिनुपर्छ र मिडियालाई विकासको एक अंगको रुपमा अगाडि बढाउनुपर्छ ।
त्यसैले अब यसो गरौं !
जसको क्षमता, जिम्मेवारि जे हो त्यसै अनुसार काम गरौं, आ–आफ्नो जिम्मेवारि कुशलतापूर्वक पुरा गरौं । एकले अर्काको खैरो खनेर हैन अनुभव आदान–प्रदान गरेर समन्वय गरेर समृद्धिको निम्ती लागौं ।
एक दर्जन नै भएपनि आफ्ना छोराछोरी बा–आमालाई कहिले घाँडा हुँदैन, तपाईंहरुपनि मिडियाक्षेत्रमा आएर कर्मि बन्न चाहनुहुन्छ भने भोक जगाउनुस्, सक्षम बन्नुस्, र आत्मविस्वाँस अनि अठोटका साथ आउनुस्, हामी हातेमालो गर्न तयार छौं । तर मिथ्या आरोप र खेदो खनेर संजालमा नरुनुस्, बरु तपाईंहरुपनि एक असल नागरिकका हैसियतले मिडियाको सहि उपयोग गर्नुस्, मिडिया दिगो संचालनको निम्ती आवस्यक स्रोतको ग्यारेन्टि हुनेगरि लगानी सुनिश्चित गर्न राज्यपक्ष र अन्य निकायलाई सुझाव वा दबाब दिनुस्, शुसासन र दण्डहिनताको बिरुद्ध भएका सबैखाले गतिविधिको आ–आफ्नो क्षेत्रबाट सुचना दिनुस्, र हामीलाई भन्नुस ल समाचार अनि कार्यक्रम बनाउनुस्, यसो गर्दा लेख्नुपर्ने बिषयपनि समाचार बनेन भने, बन्नुपर्ने बिषयको पनि कार्यक्रम बनेन भने बल्ल आलोचना गर्नुहोला हैन भने त तातोपानीले घर डढ्दैन, भुक्ने कुकुरले टोक्दैन भन्दै हामी–हामी बिचको दुरी टाढा बनाउने बाहेक अरु प्रगति हुँदैन । यसो गर्यौ भने हामीले खोजेको हाम्रो समाजको समृद्धि आउन ढिलोमात्रै हैन धेरै ढिलो हुन्छ …….. !    धन्यावाद !

(लेखक:- सामुदायिक रेडियो अर्घाखाँची एफ.एम १०५.८ मेगाहर्जका स्टेसन म्यानेजर तथा प्रगतिशील पत्रकार संघ,नेपालका केन्द्रीय सचिव हुन्।)

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार