स्कलर्स होम माविमा सरस्वती पूजा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

बुटवल । स्कलर्स होम माध्यमिक विद्यालय बुटवलमा श्रीपञ्चमीको अवसरमा सरस्वती पूजा खेलकुद सप्ताहको पुरस्कार वितरण र शिक्षकलाई सम्मान गरिएको छ।

बिहान पूजा आराधनाको समयअनुसार पुजा आराधना सुरु गरी करिब ११०० जना विद्यार्थीहरूको बीचमा विद्याकी देवी सरस्वतीको पूजा गराई विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा शिक्षिका सृजना गौतम र कर्मचारी दिपेस (जिरे )लाई सबभन्दा बढी निमित्त आउने कर्मचारीको रूपमा
सम्मान गरिएको थियो।

विद्यालयका प्राचार्य बाबुराम बन्जाडेकाे अध्यक्षता शिक्षक राजु भण्डारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजु, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा साथै वित्तीय क्षेत्रमा अत्यन्तै सफल व्यक्तित्व बाबु काजी शाक्य
लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा करिब ३५० जना विद्यार्थीलाई विभिन्न खेलकुदका पुरस्कारहरू समेत प्रदान गरिएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार