पश्चिमा संस्कृतिको प्रभावका कारण पछिल्लो समय बालबालिका कुलतमा फसेः नगरप्रमुख थापा

गोपाल प्रसाद भट्टराई
फागुन–२३,अर्घाखाँची।  अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नगर स्तरिय बालभेला सम्पन्न भएको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाको आयोजनामा पालिका स्तरिय बाल भेला कार्यक्रम सम्पन्न गरिएको हो । बालभेलामा बालबालिकाका सवालहरुलाइ पहिचान गरि आगामि कार्य योजनामा समावेश गर्न सहभागि बालबालिकाले नगरपालिकालाई आग्रह गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै भुमिकास्थान नगरप्रमुख झविलाल थापाले आजका बालबालिका भोलीका कर्णधार भएकोले सहि शिक्षा र ज्ञान हांसिल गर्नु गराउनुपर्नेमा जोड दिनुभएको छ । पश्चिमा संसकृतिको प्रभावका कारण पछिल्लो समय बालबालिका कुलतमा फस्ने जोखिम बढेको भन्दै नैतिक र सु–संस्कृत ज्ञान सिक्न र सिकाउन उहाँको आग्रह छ ।
महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख शान्ता आचार्यको सहजीकरणमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्य, भुमिकास्थान–५ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक जयगोपाल श्रेष्ठ, योजना शाखा प्रमुख हरिश्चन्द्र भुसाल लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले बालक्षेत्र सहि दिशामा जानसकेमात्रै समाजको समृद्धि सम्भव भएको भन्दै बाल शोषण र बाल दुव्र्यवहारलाई न्यूनीकरणमा आफुहरु प्रतिबद्ध भएर लाग्ने वचन समेत दिनुभएको छ ।
नगर स्तरिय बाल सञ्जालका अध्यक्ष रेश्मा थापाको अध्यक्षता, मनोज भुसालको स्वागत मन्तव्य र गृष्मा सुनारको संचालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थानका १० वटै वडामा रहेका विद्यालयमा अध्यनरत छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार