नेपाल क्रिकेट संघ अर्घाखाँचीले प्रतिभा जि.सीलाई मासिक ३ हजार दिने

गोपाल प्रसाद भट्टराई
फाल्गुण–२६,अर्घाखाँची।
नेपाल क्रिकेट संघ अर्घाखाँचीले महिला खेलप्रतिभा ममता जि.सी.लाई मासिक ३ हजार प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

क्रिकेट सहितका खेलमा अत्यन्तै रुचि र लगनशिलताका साथ निरन्तर एकेडेमीमा सहभागि भइरहने महिला खेलाडी ममतालाई ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सहयोगको घोषणा गरिएको क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभएको हो ।

राज्यबाट खेलक्षेत्रमा प्रयाप्त लगानी हुन नसकिरहेको अवस्थामा स्थानिय स्तरमा रहेका खेलप्रतिभाको हौसला स्वरुप खेलाडी प्रोत्साहन कोष स्थापना गरिनु र खेलप्रतिभालाई सहयोग गरिनु निकै प्रसंसायोग्य कार्य रहेको
खेलप्रेमीहरुको धारणा छ ।

पहिलो चरणमा एक बर्षको लागि खेलाडी ममता जि.सी.लाई उक्त सहयोगको घोषणा सहित खेलक्षेत्रको विकासमा हातेमालो गर्न नेपाल क्रिकेट संघ अर्घाखाँचीले
आव्हान समेत गरेको छ ।
क्रिकेट संघका अध्यक्ष भट्टराईले एक प्रेस विज्ञप्ती जारी गरि खेलाडी प्रोत्साहन कोषमा सोइच्छिक रकम जम्मा गर्न र स्थानिय क्षेत्रमा रहेका खेलाडीहरुलाई खेलक्षेत्रमा आवद्ध गराउन अपिल गर्नुभएको छ ।
अर्घाखाँची र आसपासका जिल्लाहरुबाट समेत क्रिकेट खेलाडी उत्पादनमा अहोरात्र खट्दै आउनुभएका अध्यक्ष भट्टराईले सन्धिखर्क स्थित टुडिखेलमा निःशुल्क क्रिकेट एकेडेमी संचालन गर्दै आउनुभएको छ । उहाँकै नेतृत्वमा
सरोकारवालाको योगदानमा अर्घाखाँचीबाट राष्ट्रिय स्तरका खेलाडी तयार भइ खेलिरहेका छन् । अध्यक्ष भट्टराईले सन्धिखर्क टुडिखेलमा संचालनमा ल्याउनुभएको क्रिकेट एकेडेमीमा नव बाल खेलाडीहरुको उल्लेख्य सहभागिता
रहंदै आएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार