वार्षिकोत्सबको अवसरमा भलिवल र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोपाल प्रसाद भट्टराई
फाल्गुण–२७,अर्घाखाँची। 
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ५ असुरकोटमा रहेको असुरकोट युवा सञ्जालले आफ्नो १० औं बार्षिक उत्सव र महाशिवरात्री पर्वको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

विगतमा जस्तै असुरकोट युवा सञ्जालले
वडास्तरिय खुल्ला भलिबल प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि बार्षिक उत्सव र महाशिवरात्री पर्व मनाएको हो । दुवै प्रतियोगिताको उद्घाटन भुमिकास्थान नगरप्रमुख झविलाल थापाले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले युवाको लागि नयाँ सोंच लिएर कर्मशिल जनशक्ति परिचालन कार्यक्रम संचालन गरेको बताउनुभएको छ ।
रोजगारीको लागि विदेश गएकाहरुलाई स्वदेश फिर्ता गराई स्वरोजगार दिने आफुहरुको योजना रहेको नगरप्रमुख थापाले कार्यक्रममा सुनाउनुभएको छ ।
स्थानिय स्तरमै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य र योजना छ,
नगरप्रमुख थापाले भन्नुभयो जसको लागि व्यवसायिक कृषि, पर्यटन र लघु उद्योगको विकास गर्दै छौं । अहिले बाँझो जग्गामा खेती गर्ने, मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला बनाइ बजारीकरण गर्ने काम अगाडि बढिसकेको छ । उहाँले थप्नुभयो, शिक्षामा गुणस्तर वृद्धि गर्न भुमिकास्थानले संस्कार र उत्पादनमुखि शिक्षा कार्यक्रम संचालन गरेको छ ।
जसअनुसार अहिले पढ्दै कमाउंदै र रमाउँदै विद्यालय कार्यक्रम लन्च भइसकेको छ । सिमित स्रोतलाई सहि ठाउँमा लगानी गरि समृद्ध भुमिकास्थान बनाउनेयोजनामा सबैको हातेमालो अनिवार्य भएको नगरप्रमुख थापाको भनाई छ ।

आयोजक असुरकोट युवा सञ्जालका अध्यक्ष माधव बन्जाडेको अध्यक्षता, सिता श्रेष्ठको स्वागत मन्तव्य र सागर वेल्वासेको संचालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान–५ का वडाअध्यक्ष तथा सामाजिक विकास समिति संयोजक जयगोपाल श्रेष्ठ, नगरशिक्षा अधिकृत तुवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरी प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडे र राजमो असुरकोटका नेता शिव बन्जाडेले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले युवाहरुलाई समाज र देश विकासमा जोड्ने र स्वदेशमै बस्ने वाताबरण मिलाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।
प्रतियोगितामा बसाईसराई एक समस्या र न्युनिकरणका उपाय शिर्षकमा वक्तृत्वकला सम्पन्न भएको छ । जसमा बालशिक्षा आ.वि. असुरकोटका छात्रा शुसिला परियार प्रथम, जनप्रिय मा.वि. असुरकोटका कुशल वेल्वासे द्धितिय,
जनप्रिय मा.वि. असुरकोटकै ज्याति श्रेष्ठ तृतिय, बालशिक्षा आ.वि. असुरकोटका विवेक वि.क. र बालदिप आ.वि. असुरकोटका अनमोल भण्डारी सान्त्वना हुनुभएको छ । उहाँहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।
यस्तै भलिवलतर्फ १३ वटा टिमको सहभागिता रहेको छ । भलिवलको प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ रहेको असुरकोट युवा सञ्जालका अध्यक्ष माधव बन्जाडेले बताउनुभएको छ ।
प्रतियोगितामा नगरप्रमुख झविलाल थापाले भलिबललाई सर्भिस गरी शुभारम्भ गर्नुभएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार