बन्धनमा बस्न मानेनन् मन मनोमानी चल्यो (गजल)

गजल

बन्धनमा बस्न मानेनन् मन मनोमानी चल्यो
बा नरोक्नु मलाई अब मेरो जवानी चल्यो

तिमी थिएनौं ,तिम्रो तस्बिर मात्र थियो सिरानीमा
खै किन किन तिमीजस्तै आज सिरानी चल्यो

पढ्नको लागि ऋण खोज्न हिँडेका थियौँ बा र म
धितोको रूपमा सर्टिफिकेट चलेन राहदानी चल्यो

सबैले आ- आफ्ना विगत सुनाउने कुरा भो जब
तब त्यो भीडमा तिम्रो र मेरो कहानी चल्यो

#बिमल_खरेल

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार