जेठ २४ इलाम । इलाम जिल्ला माङ्सेबुङ्ग-४ मा राष्ट्रिय जनमोर्चा निकट माङ्सेबुङ -४ को युवक तथा बिद्यार्थीहरुले एमसिसी खारेजी, भारत द्वारा अतिक्रमित भुमिको फिर्ता, रुकुम हत्याकाण्डमा संलग्न अपराधीलाई कार्वाही, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य लगायतको माग गर्दै सरकारलाई दबाब स्वरुप मसाल जुलुस र बिरोधसभा सम्पन्न गरेका छन्।
जेष्ठ २२ गते राती देविधारा बाट विभिन्न नाराहरु सहित सुरु भएको मसाल जुलुस मार्चेबुङ्ग बजार स्थित ४ न. वडा कार्यालय अगाडि पुगेर बिरोध सभामा परिणत भएको थियो।
अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य आशिस जबेगु ले सन्चालन गरेको सभाको सम्बोधन राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य सुरेन्द्र भन्डारिले गर्नु भएको थियो। कार्यक्रमलाई सम्बाेधन गर्दै नेता भण्डारीले MCC नेपालको हितमा नभएको र यस्को खारेजी को विकल्प नरहेको बताउनु भयो। उहाँ भारत द्वारा मिचिएको भुमी नेपाल सरकारले फिर्ता गराउन, कालापानी बाट भारतिय सेना हटाउन, रुकुमहत्याकाण्डको सम्पुर्ण अपराधीहरुलाई कार्वाही गर्न, संघीयताको खारेजी गर्न र भ्रष्टाचारको अन्त्य गर्न समेत नेपाल सरकारलाई माग गर्नु भयो। उक्त जुलुस तथा बिरोधसभामा अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रिय सदस्य हर्क बहादुर लावती, अखिल नेपाल युवक संघको १ न. प्रदेश सदस्य तथा झापा जिल्ला उपाध्यक्ष राजकुमार सुब्बा र माङ्सेबुङ ४ को युवा तथा बिद्यार्थी र गाउँवासिको उपस्थिति रहेको थियो। सभाको समापन अखिल(छैठौं) इलाम जिल्ला सचीव सन बहादुर राईले गर्नु भएको थियो।