भुमिकास्थानका नगरप्रमुख थापाको गम्भिर खुलासाः सानडेभामा चुनढुङ्गा उत्खनन गर्न नगरपालिकाको डकुमेन्ट चोरी भयो

गोपाल प्रसाद भट्टराई
चैत्र–०५,अर्घाखाँची।  अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले सानडेभामा चुनढुङ्गा उत्खनन गर्न नगरपालिकाको डकुमेन्ट चोरी भएको गम्भिर खुलासा गर्नुभएको छ ।

आइतबार भुमिकास्थान–९, ढिकुरामा सम्पन्न नगरपालिकाकै
दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा उठेका सवालको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सानडेभामा चुनढुङ्गा उत्खनन नगरपालिका र आम नागरिकको हितमा नहुने निष्कर्ष सहित नगरकार्यपालिकाको २०७९ भाद्र १७ र असौज १४ गतेको कार्यपालिका बैठकले उत्खनन गर्न नदिने निर्णय गरेपछि उत्खननको कुत्साहस
गर्ने गिरोहले लोगो, छाप र आफ्नो हस्ताक्षर समेत चोरी गरेको नगरप्रमुख थापाको जिकिर छ ।
“भुमिकास्थान–५ देखि १० नम्बर वडा सम्मका करिब ५ हजार घरका २० हजार नागरिक खानेपानीबाट बन्चित हुने स्थिति छ ।” नगरप्रमुख थापाले भन्नुभयो,“त्यो क्षेत्रमा उत्खनन गर्दा यि खानेपानीका मुहान, पर्यावरणिय सिमस्हार क्षेत्र, नगरको पर्यटकिय हब क्षेत्र समेत प्रभावित हुने हुँदा नगरकार्यपालिकाले निर्णय नै गरेको छ, उत्खनन कुनै हालतमा हुँदैन ।” उहाँले अगाडि थप्नुभयो, “निहित स्वार्थको निम्ती नगरपालिकाको लेटरप्याड, छाप र म नगरप्रमुखको हस्ताक्षर समेत चोरी भएको छ । यत्तिका दुस्साहस
गर्ने को हो ? यस्तो गर्न मिल्छ र ?” यस्तो हर्कत गर्नेलाई खोजी गरिरहेको जानकारी गराउँदै नगरप्रमुख थापाले त्यस्तो हर्कत गर्नेलाई त्यसै नछाड्ने चेतावनी समेत दिनुभएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख बालकृष्ण बन्जाडेले विद्यालयमा राजनिति बन्द गर्न र वि.व्य.स.को समयअवधि सकिएका विद्यालयमा १५ दिन भित्रमा नयाँ समिति गठन गरिसक्न निर्देशन गर्नुभएको छ । नयाँ शैक्षिक शत्रदेखि आफ्ना बालबालिका अनिवार्य सरकारी स्कुलमा पढाउन र आफ्नो अध्यापनप्रति विस्वांस गर्न नगरउपप्रमुख बन्जाडको शिक्षकहरुलाई अपिल छ ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले भ्रष्ट्राचारमा शुन्य शहनशिलताको प्रतिवद्धता व्यक्त गर्दै कानुन बिपरितका कुनैपनि काम नगर्न मातहतका कर्मचारीलाई निर्देशन गर्नुभएको छ । सिमित स्रोतसाधनको अधिकतम
सदुपयोग गरि नगर र नगरवासीको हितमा विकास र सेवाप्रवाहलाई थप सहज बनाउने उहाँको प्रतिवद्धता छ ।

नयाँ नेपाल विकास परिषद अर्घाखाँचीको सहजीकरणमा सम्पन्न कार्यक्रममा भुमिकास्थान–९ का वडाध्यक्ष खेमराज चुंदाली, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसाल, इन्जिनियर शरद पोख्रेल, जनस्वास्थ्य निरिक्षक शुरेस गैरे, पशुसेवा शाखा प्रमुख यमुना थापा, कृषि
शाखा प्राविधिक सहायक युवराज आचार्य, भुमिकास्थान–९ का वडा सचिव तुल्सीराम पोख्रेल, ढिकुरा स्वास्थ्यचौकी इन्चार्ज भरत भुसाल, शारदा मा.वि.ढिकुराका प्र.अ.बिष्णु अधिकारी र भगवती मा.वि.डेभाका प्र.अ. कृष्णप्रसाद खनालले सवालको जवाफ दिनुभएको थियो । भने स्थानिय ११ जना नागरिकले नगर तथा मातहतका वडा र निकायलाई सवाल गर्नुभएको थियो ।
पत्रकार जितेन्द्र खत्रीको अध्यक्षता, लक्ष्मण घिमिरेको संचालन र गोपाल प्रसाद भट्टराईको सहजीकरणमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगरपालिकाका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले चालु आ.व.को ८ महिनामा पालिकाले
गरेको प्रगति सुनाउनुभएको थियो भने सहजकर्ता हृदयकुमार भुसालले नागरिक मत र बर्हिगमन रिर्पोटमा जनताले राखेका धारणा समेटि तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भुमिकास्थान–९ का राजनितिक दल,
जनप्रतिनिधि,शिक्षक,स्वास्थ्यकर्मि,महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, उपभोक्ता समिति, युवाक्लब, सहकारी, आमासमुह, बालक्लब लगायत
सरोकारवाला संघ÷संस्थाका प्रतिनिधि र सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार