चालु आ.व.०८०÷८१ को दोस्रो चौमासिकमा भुमिकास्थानले गर्यो ४ स्थानमा सार्वजनिक सुनुवाईः नागरिकका सुझावलाई ग्रहण गर्दै विकास र सेवालाई चुस्त बनाउने प्रतिवद्धता

गोपाल प्रसाद भट्टराई

चैत्र-८,अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले नागरिकका सुझावलाई ग्रहण गर्दै विकास र सेवालाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

चालू आर्थिक बर्ष ०८०÷८१ को दोस्रो चौमासिकमा धारापानी,ढिकुरा,धनचौर र असुरकोट गरि ४ स्थानमा भएका सार्वजनिक सुनुवाइ मार्फत नगरपालिकाको टिमले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत भएका तथ्यांक अनुसार गत साउन देखि फाल्गुन मसान्तसम्म भूमिकास्थानले ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । चालू आर्थिक बर्षको ८ महिनामा ४५ प्रतिशत वित्तीय प्रगति प्राप्त गरेको भूमिकास्थानका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ ।

भूमिकास्थानले सन्धिखर्कबाट भूमिकास्थान हुँदै प्युठान र दाङ भालुवाङ्ग पुग्ने सडकहरुको स्तरवृद्धि, कर्मशिल जनशक्ति परिचालन कार्यक्रम, पढ्दै कमाउदै रमाउदै विद्यालय कार्यक्रम, नगर अस्पताल संचालनको तयारी, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षामा गरिएका सकारात्मक कामलाई प्रगतिको रूपमा लिएको छ ।

उत्पादन, स्वरोजगार र आर्थिक समृद्धिको जग बसाल्नेगरि भुमिकास्थान अगाडि बढेको नगरप्रमुख झविलाल थापाको दाबी छ । आफुहरु जनप्रतिनिधि भएर आएपछि बढ्दो बसाइसराई नियन्त्रण, आन्तरिक आम्दानीको वृद्धि, सक्षम नागरिक र आत्मनिर्भर पालिका बनाउने लक्ष्य अनुरुप कर्मशिल जनशक्ति परिचालन कार्यक्रम लन्च गरिएको उहाँको भनाई छ ।

नगरपालिकाको हित र नागरिकको आवस्यकता अनुसार सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सहज बनाउने काममा आफुहरु लागि परेको नगर उपप्रमुख बालकृष्ण बन्जाडे, र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यको भनाइ छ ।

नगरपालिकाको आर्थिक सहयोगमा नयाँ नेपाल विकास परिषद अर्घाखाँचीले आयोजना गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, कृषिको विकास, दिगोविकास, स्वरोजगारका

कामले फड्को मार्न नसकेको जस्ता गुनासाहरु राखेका थिए । भने जनप्रतिनिधि र कर्मचारीले उठेका सवालको जवाफ दिनुभएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार