विज्ञान जी भाट!
मेरो एक प्याकेट रगतले कसैले पुनजिवन पाउछ भने त्यो भन्दा ठूलो धर्म ,सहयोग के नै हो र !कसैको निम्ति यसरी सहयोग गर्न पाउँदा निकै खुसी साथै मनै आन्नद हुन्छ ,मेरो अहिले उमेर २३ वर्ष भयो र मैले अहिले सग १४ पटक रगत दान गरि सके ! म स्वस्थ रहुनजेल प्रत्येक ३/३ महिनामा रक्तदान गर्ने छु रक्तदान जिवनदान मुल मन्त्रलाई आत्मसात गर्दै
आज १४ औ पटक रक्तदान बुटवलमा गरे । रगत दिए कमजोर भैइन्छ , रगत सकिन्छ भन्ने जुन हाम्रो सोचाइ छ त्यो किलिएर आउट गरौ त ! रगत सकिने भएत मेरो सकिने पर्ने १४×३५०= ४.९ लिटर रगत शरीर बाट जादा हैन र ? शरिरमा आफै रगत उत्पादन भै राख्छ सकिदैन कहिले पनि , सबै जना म जस्ता युबा वर्गमा के भन्न चाहान्छु भने यदि तपाइहरु स्वस्थ हुनुहुन्छ , समाजसेवा गर्ने इच्छा छ भने रक्तदान गर्न आवश्यक छ , त्यस्ले गर्दा धेरै फाइदा हुन्छ कोहि मान्छे जीवन र मरण सग लड्दै गरेको लाई राहत हुन्छ हेर्नुस् त सानो लाग्ने तर गहिरिएर सोचौ त कसैको जीवन पुन सुचारु गर्नेका लागि हजुरहरुले मद्दत गर्नु भयो भने त्यो भन्दा ठूलो सहयोग , धर्म के हुन्छ र अर्को फाइदा आफुलाइ नै छ आफ्नो शरीर फुर्तिलो साथै स्वस्थ हुनमा ठप सहयोग गर्छ