
गोपाल प्रसाद भट्टराई
चैत्र–१३,अर्घाखाँची।सन्धिखर्कमा सम्पन्न प्रथम मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कृष्णको जोडिले जितेको छ ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा कृष्ण प्रसाद भुसाल र कृष्ण प्रसाद खनालको जोडि प्रथम हुँदै उपाधि चुमेको हो ।
“स्वास्थ्यका लागि खेलकुंद राष्ट्रका लागि खेलकुंद” भन्ने नाराका साथ आयोजना गरिएको मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा सिनियर र जुनियर गरि दुई विधामा ३५ जोडिले प्रतिष्प्रधा गरेका थिए। सिनियरतर्फ १३ टिमलाई पछाडि पार्दै कृष्णको जाडिले उत्कृष्ट स्थान हांसिल गर्दै मेयरकप हात पारेको छ ।
यस्तै प्रतियोगितामा जुनियर तर्फको खेलमा २० टिमलाई पछार्दै प्रेम के.सी. र विजय महतको जोडिले प्रथम स्थान हांसिल गरि ट्रफि जित्न सफल भएको छ ।
सिनियरतर्फ प्रेम पौडेल र खेम जि.एम.को जोडि द्धितिय र दामोदर मरासिनी र राम प्रसाद भुसालको जोडि तृतिय भएको छ । भने जुनियरतर्फ सुवास मल्ल र बलराम भुसालको जोडि द्धितिय र गणेश क्षेत्री र शिव रायमाझीको जोडि तृतिय भएको छ ।
प्रतियोगितामा कृष्ण प्रसाद खनाल बेष्ट खेलाडी र रोहित अधिकारी उदियमान खेलाडी अवार्डबाट सम्मानित हुनुभएको छ । प्रतियोगिताका विजयी सबै खेलाडीलाई बोका, ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय ब्याडमिन्टन खेलप्रति पनि आकर्षण बढ्दै गइरहेको अवस्थामा खेलाडीहरुको हौसला प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको भनाई छ ।