कम्प्युटर बिषय पढाउने अर्घाखाँचीको एकमात्रै स्कुलः शान्ति मा.वि.ले हिरक महोत्सव मनाउँदै

गोपाल प्रसाद भट्टराई
चैत्र–१४,अर्घाखाँची। अर्घाखाँचीको एकमात्रै कम्प्युटर बिषय पढाई हुने विद्यालय शान्ति मा.वि.मा हुन गइरहेको हिरक महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ।

मालारानी–५ वाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको ६० औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा आसन्न बैशाख ३ गते बुद्धजयन्तीको अवसर पारेर हिरक महोत्सव गर्नेगरि तयारी तिब्र पारिएको हो। गत फाल्गुन ७ गतेदेखि सुरु भएको महोत्सवको तयारीलाई अन्तिम तयारीमा पुर्याइसकिएको विद्यालयका प्राचार्य मान बहादुर पाण्डेले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
२०८० फाल्गुन ७ गते सन्धिखर्क, फागुन १९ गते बुटवल, फागुन २६ गते काठमाडौंमा बृहत अन्तरक्रिया गरि महोत्सवको बारेमा जानकारी, सुझाव र आवस्यक योजना बनाईएको विद्यालयले जनाएको छ । महोत्सवको लागि यतिबेला मुल समारोह समिति, विभिन्न उपसमितिहरु निर्माण गरि आवश्यक पर्चा बनाइसकिएको, औपचारिक समारोहको लागि आवस्यक तयारी भइरहको र देश विदेशमा छरिएका विद्यालयका सरोकारवालाहरुसँग सहयोगका बारेमा छलफल भइरहेको मालारानी–५ का वडाध्यक्ष तिलक मिश्रको भनाई छ ।
करिब ४० लाखको लागतमा सम्पन्न हुन गइरहेको हिरक महोत्सवको समुद्घाटन गर्न मुलुकका भिआइपी तहका व्यक्तित्वलाई आमन्त्रण गर्ने गरि प्रक्रिया अगाडि
बढाइएको पनि वडाध्यक्ष मिश्रको भनाई छ ।
वि.सं. २०१९ साल बैशाख ३ गते स्थापना भएको उक्त विद्यालयले वि.सं. २०४४ मा रजत र २०६९ सालमा स्वर्ण महोत्सव मनाइसकेको छ । भने २०८१ बैशाख ३ गते
हिरक महोत्सव मनाउने योजनामा छ ।
कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ्ग बिषय पढाउँदै आएको उक्त विद्यालयमा प्राविधिक तर्फ १ सय २ जना र कुल ५ सय ७ जना विद्यार्थिले अध्ययन गर्दै आइरहेका छन् । गाउँमा गुणस्तरिय शिक्षाको खोजी गर्दै शहर पस्ने प्रवृति बढिरहंदा शान्ति मा.वि.मा भने कम्प्युटर इन्जिनियर पढ्न
सन्धिखर्क र भूमिकास्थानबाट समेत विद्यार्थिहरु जाने गरेका छन् ।
सहायक प्राचार्य तारा प्रसाद भुसालको स्वागत मन्तव्य र शिक्षक माधव पन्थीको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल र पूर्व विद्यार्थि समाजका अध्यक्ष नारायण प्रसाद भुसालले मन्तव्य राख्दै विद्यलायको प्रगति र गुणस्तरिय
शिक्षाको विकासमा आफुहरुको सधै साथ रहने वचन दिनुभएको छ ।
चिनका १ सरकारी र १ निजि गरि दुइवटा कलेजसंग भगीनी सम्बन्ध स्थापना गरेको ग्रामिण तहमा संचालित शान्ति मा.वि.को चर्चा अहिले राष्ट्रिय लेभलमा हुन थालेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार