एसईई परिक्षा:- ढाकावाङ्गको विश्व माविमा सर्वपक्षीय बैठक सम्पन्न, परिक्षाकाे तयारी पूरा

अर्घाखाँची।  चैत १५ गते (भाेली)देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सन्दर्भमा भूमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा रहेको विश्व मावि परीक्षा केन्द्रमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

बुधबार विद्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले विश्व मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाेजराज खनाल संयाेजक रहेको १३ सदस्यीय सहयोग समिति चयन गरेको छ। जसको सदस्यहरुमा बाबुराम खनाल, विष्णुप्रसाद खनाल, बाबुराम खनाल, विष्णु खनाल, अमृता भुसाल (चुदाली), टेकराज भुसाल, सुभाषचन्द्र बन्जाडे, गाेपालप्रसाद पाैडेल, युवराज खनाल, दामोदर भाट, सुरज खनाल र केशव केसीलाई चयन गरेको छ।

बालशिक्षा मावि भु.न.पा-१, भगवती मावि भु.न.पा-२, अन्नपूर्ण मावि, प्रभाकर मावि भु.न.पा-३, शान्ति मावि भु.न.पा-४ र जनप्रिय मावि भु.न.पा-५ गरि ६ वटा विद्यालयको परिक्षा केन्द्र रहेको विश्व मावि ढाकावाङ्गमा १८९ जना परिक्षार्थी रहेकाे र परिक्षाकाे सम्पूर्ण तयारी पूरा भएको केन्द्राध्यक्ष गाेपालप्रसाद आचार्यले बताउनुभयो।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार