एमसीसी खारेजीका लागि ६ दल आन्दोलित

श्यामलाल पोखरेल
बुटवल, २५ जेठ ।
अमेरिकन सहयोग एमसिसीको विपक्षमा रहेका विभिन्न राजनीतिक दलले भोली सोमबार बुटवलमा बिरोध गर्ने भएका छन् । रुपन्देहीमा क्रियाशील ६ वटा राजनीतिक दलले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको खारेजी र भारतले मिचेको नेपाली भूमि फिर्ताको लागि राज्यलेलाई दवाव दिनेका लागि बिरोध कार्यक्रमको आयोजना गरिएको हो । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रीक मोर्चा, नेपाल, नेकपा माओवादी केन्द्रसहितका दलले भोली संयुक्त रुपमा बिरोध सभाको आयोजना गरेका हुन् । विभिन्न ६ दलको बुटवलमा बसेको संयुक्त बैठकले एमसीसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई नेपालमा अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने उक्त बैठकले ठहर गरेको छ । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सिर्जना हुने भन्दै त्यसका विरुद्ध व्यापक जनदवा तथा संघर्षको आवश्यक्ता भएको नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जीसीले बताउनु भएको छ । भोली जेठ २६ गते बुटवल पुष्पलालपार्कमा विरोध कार्यक्रमको आयोजना गर्ने निणर्य भएको विभिन्न दलले संयुक्त विज्ञप्ती जारी गरी जानकारी गराएका छन् । बैठकले राष्ट्रघाती कदमका विरुद्ध ऐक्यवद्धताका साथ संघर्षमा उत्रिन हामीले सम्पूर्ण जनतालाई हार्दिक आव्हान गरेको छ । बैठकले भारतले नेपाली भूमीमा लगातार अतिक्रमण बढाइरहेको र लामो समयदेखि कालापानीमा सैनीक अखडा बनाएकोमा तत्तकाल सो हटाउन, जेठ १० गते रुकुमको चौरझारीमा घटेको सामुहिक हत्याकाण्डको कडा शब्दमा निन्दा गर्दै रुकुम घटनाको विरुद्ध भएका सबै न्यायपूर्ण अन्दोलनमा ऐक्यबद्धता जनाइएको छ । बैठकले कोरोनाको रोकथाम र उपचार तथा विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्दारमा राज्यको गैह् जिम्मेवारीपन छताछुल्ल भएको हुदा सो तरिका तत्काल बन्द गरि कोरोना महामारी रोक्न र त्यसबाट पर्ने अन्य प्रतिकुल रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । बैठकमा नेकपा मसालका रुपन्देही प्रबक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेकपा मालेका गोपालमणी गौतम, नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासीनी, देशभक्त जनतान्त्रीक मोर्चाका रामप्रसाद पोखरेल,नेपाल, नेकपा माओवादी केन्द्रका पोषराज खनालको सहभागिता रहेको थियो । रुपन्द्येही लगायत देशका ७७ जिल्लामा एमसिसीका बिरुद्व आन्दोलन उठान गरिने दलका नेताहरुले बताउंदै आएका छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार