
हृदय भुसाल । अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा न १०धन्चौरमा रहेको जनजागृती माध्यमिक बिधालयले बिबिध कार्यक्रम सहित ६५ औं वार्षिकोत्सब मनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले बिधालय सबैको साझा मन्दीर भएकोले बिधालयको बिकासका लागी सबैको साझा दायित्व रहने भन्दै विशेष गरि अभिभावकले नियमीत अनुगमन गर्नु पर्ने बताए ।
सम्पुर्ण सरोकारवालाहरुले आफ्नो कर्तव्य र जिम्मेवारी गहन रुपमा बहन गर्नुपर्ने भन्दै नगरप्रमुख थापाले बिद्यार्थी, अभिभावक र शिक्षकहरुले नै बिधालयका समस्या,गुनासो प्रति जिम्मेवार भैई अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडेले शिक्षाको गुणस्तर बिकासका लागी शिक्षक अभिभावक बिद्यार्थीले विशेष ध्यान दिनुपर्ने भन्दै सबै सरोकारवाला एक भयर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा कार्यबाहक वाड अध्यक्ष जनकलाल गैरे,पत्रकार महासंघका जिल्ला सहसचिब हृदय भुसाल, बिधालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष रेमलाल भट्टराई,बिधालयका पुर्ब प्रधानध्यापक प्रेमलाल शर्मा, कृष्ण प्रसाद जोसि, सम्पुर्ण बिधालयको तर्फबाट जनसेबा आधारभुत बिधालयका प्रधानध्यापक हुम बहादुर घर्ती,अक्षयकोष दाता एबम पुर्ब बिद्यार्थी डाक्टर धर्म भट्टराई,अक्षयकोषदाता बिशाल पान्डे,सम्पुर्ण अभिभावकको तर्फबाट पबित्रा अधिकारीले सुभकामना व्यक्त गरेका थिए ।
उत्सबको अबसरमा पुर्ब शिक्षक,कर्मचारी हरुलाई सम्मान,विभिन्न अतिरिक्त क्रियाकलाप र कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । बिद्यार्थीहरुका विभिन्न सास्कृतिक प्रस्तुति सहित भब्य रुपमा संचालक गरिएको कार्यक्रममा बिधालयको समग्र प्रगति प्रतिबेदन प्रधानध्यापक पिताम्बर खनाल र आर्थिक प्रतिबेदन कार्यालय सहायक रुद्र भट्टराईले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका योजना शाखा प्रमुख हरिशचन्द्र भुसाल, कृषि शाखा प्रमुख राम बहादुर थापा, सहित वडामा रहेका राजनैतिक दल, चन्दादाता,अक्षयकोषदाता, पुर्ब बिधालय ब्यबस्थापन समिति,पुर्ब शिक्षक हरुको आथित्यता रहेको थियो । कार्यक्रम बिद्यालयका प्रधानध्यापक पिताम्बर खनालको अध्यक्षता, तेजबन्ती खत्रीको स्वागत र लक्ष्मी खनालको संचालनमा सम्पन्न भएको थियो ।