भ्रष्टाचारलाई नियन्त्रण गर्न ५ सय र १ हजारको नोट खारेज गर्नुपर्छ: नेपाल उद्योग ब्यापार महासंघ महासचिव पराजुली

गोपालप्रसाद भट्टराई
चैत्र-२८,अर्घाखाँची।  नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले नेपालको भ्रष्टाचारलाई नियन्त्रण गर्न ५ सय र १ हजारको नोट खारेज गर्नुपर्ने बताउनुभएको छ । व्यक्तिसंग १४ ÷१५ खर्ब पैसा निस्क्रिय रुपमा डम्पिङ्ग भएको दाबी गर्दै महासचिव पराजुलीले सु–शासन कायम राख्न र भ्रष्टाचारको निराकरण गर्न ५ सय र १ हजार रुपैंयाको नोट खारेज गर्न सरकारलाई सुझाव दिनुभएको छ । नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेशको नवौं बैठक तथा वि.सं.२०८१ सालको भित्तेपात्रो बिमोचन कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

लथालिंग भएको आर्थिक अवस्था उकास्न प्रचण्ड नेतृत्वको सरकारको प्रयास प्रशंसनिय भएपनि प्रयाप्त नभएको उहाँको तर्क छ । “चुलिएको आर्थिक संकट प्रचण्डले सरकार सम्हाल्न थालेपछि सहि दिशामा हिडेको छ।”महासचिव पराजुलीले भन्नुभयो,“मुलुकको आर्थिक समृद्धिको निम्ती निजि क्षेत्रसंग साँझेदारी गर्ने, एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने, बन्द रहेका रुग्ण उद्योग संचालन गर्ने र नेपालको उत्पादनले थेगेसम्म आयात प्रतिबन्ध लगाउने जस्ता कार्य सरकारले गर्न जरुरी छ ।”
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर कुमार वि.क.किशोरले स्वरोजगार र आत्मनिर्भर बन्ने अनि बनाउने लक्ष्यका साथ अगाडि बढ्न महासंघलाई आग्रह गर्नुभएको छ । देशको राजनितिक
स्थिरता र उतार–चढाबले भनेजस्तो काम गर्न नसकेपनि मुलुकको समृद्धिको निम्ती माओवादी नेतृत्वको सरकार र प्रधानमन्त्री प्रचण्डको खटाई प्रशंसनिय रहेको नेता किशोरको दाबी छ ।
अर्का केन्द्रिय सदस्य छमकुमारी खनाल चिनारीले भ्रष्टाचार र राष्ट्रघातका बिरुद्ध सम्झौताहिन संघर्ष गरि आर्थिक समृद्धिको बाटोमा लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । देशको आर्थिक मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रको हितमा आफुहरु रहेको बताउँदै नेतृ चिनारीले गुणस्तरिय उत्पादन र उपभोगमा ध्यान दिनपनि सचेत गराउनुभएको छ ।
नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष गुप्त बहादुर रानाको अध्यक्षता, प्रदेश सदस्य तथा
अर्घाखाँची अध्यक्ष तारा बहादुर सुनारको स्वागत मन्तव्य र प्रदेश महासचिव तारा कुमारी रोकायको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रेडियो÷टेलिभिजन समन्वय समितिका केन्द्रिय सदस्य श्याम घिमिरे र पत्रकार महासंघ अर्घाखाँची सदस्य गोपालप्रसाद भट्टराईले पनि
मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पत्रकारद्वोय घिमिरे र भट्टराईले अर्घाखाँचीमा पत्रकार महासंघले संचालन गरेको प्रर्यटन प्रर्बद्धन अभियानकै समयमा नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेशले अर्घाखाँचीलाई बैठक स्थल छनौंट गरेकोमा आयोजकलाई धन्यावाद दिनुभएको छ ।
कार्यक्रममा सहभागि प्रदेश तथा जिल्लाका पदाधिकारीहरु घुम्न जाउँ अर्घाखाँची नामक गितमा नांचेर रमाइलो समेत गरेका थिए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार