एमसीसी बिरुद्व देशभर बिरोध

श्यामलाल पोखरेल
बुटवल, जेठ २६ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको बिरोध गर्दै सोमबार देशभर बिरोध गरिएको छ । एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण परिषद्, नेपाल ‌लगायतका बिभिन्न दलले रुपन्देहीको बुटवलमा पनि बिरोध गरेका छन् । संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको बिरोध गरेका छन् । सोही कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले एमसीसीका कारण बैदेशीक हस्तक्षेप बढेको बताउनु भयो । उहांले एमसीसी खारेज गर्नका लागि सरकारका बिरुद्व सशक्त प्रकारको आन्दोलन उठाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताउनु भयो । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहांको तर्क छ । उहांले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउंदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउंमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाली जनतालाई झुक्काउन लागेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका सचिव विनोद उपाध्यायले एमसीसी पास भए शिदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने भएकाले एमसीसी फेल गराउन आन्दोलन आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय जागरण परिषद् नेपाल, रुपन्देही अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको सम्झौताबाट अमेरिकन लगानी भित्राएर सरकारले नेपाली जनताको नाममा व्यापार गर्न लागेको दावी गर्नुभयो । राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीको अध्यक्षता र मजीव ओलीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने विभिन्न दलका नेताहरुले विश्वभर फैलिएको कोरोना भाइरसबाट त्रसति हुन नहुने र कोरोना उपचार, रोकथाम तथा नियन्त्रणको विषयमा सरकारले उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार